विश्व

स्विट्जरल्याण्डले गर्‍यो आठ अर्ब रूसी सम्पति जफत

इकागज |
मंसिर १५, २०७९ बिहिवार २१:८ बजे

फाइल फोटो

काठमाडौँ - स्विट्जरल्याण्डले युक्रेनमा रूसले शुरू गरेको युद्धलाई लिएर लगाइएको प्रतिबन्ध अन्तर्गत रूसको कूल ७.५ अर्ब स्वीस फ्रयाकं (७.९ अर्ब अमेरिकी डलर) जफत गरेको बिहीबार जनाएको छ ।

महिनौँदेखि रोक्का भइरहेको यो रकम गत जुलाईमा स्टेट सेक्रेटेरिएट फर इकोनोमिक अफेयर्स (सेको) ले उपलब्ध गराएको आँकडाभन्दा करिब एक अर्ब स्वीस फ्रयाकं बढी हो ।


धनी रूसी र तीनका सम्पत्तिका लागि उपयुक्त गन्तव्य स्विट्जरल्यान्डमा पनि १५ शीर्षकमा रूसी सम्पत्ति जफत गरिएको छ ।

सेकोका द्विपक्षीय आर्थिक सम्बन्धका प्रमुख एर्विन बोलिङ्गरले कुनै पनि समयमा जफत गरिएको रकमले ‘प्रतिबन्धहरूको प्रभावकारिता प्रतिबिम्बित गर्न’ आवश्यक नभएको बताए । 

स्वीस अधिकारीहरूले रूसमाथि प्रतिबन्धहरू लागू गर्न खोजिरहेका छन् कहिलेकाँही सावधानीको उपायको रूपमा सम्पत्तिलाई रोक्का गरिन्छ र कहिलेकाहीँ स्पष्टीकरण पूरा भएपछि पनि फेरि प्रतिबन्ध जारी हुन सक्छ ।

रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको चार दिनपछि सामान्य रूपमा तटस्थ देखिने स्विट्जरल्यान्डले मस्कोविरुद्ध छिमेकी युरोपेली संघकको प्रतिबन्धसँग आफूलाई मिलाउने निर्णय गरेको थियो ।

युरोपेली संघका समकक्षीहरूजस्तै स्वीस बैंकहरूलाई पनि रुसी नागरिक वा रूसमा रहेका व्यक्ति वा संस्थाहरूबाट एक लाख स्वीस फ्रयाकंभन्दा बढीको निक्षेप स्वीकार गर्न प्रतिबन्ध लगाइएको छ र उक्त रकमभन्दा बढी सबै विद्यमान निक्षेपहरू घोषणा गर्न आदेश दिइएको छ ।

विद्यमान निक्षेप घोषणा गरिएको कूल ४६.१ अर्ब स्वीस फ्रकाकं घोषणा गरिएको छ तर सेकोका अनुसार यो ‘स्विट्जरल्याण्डमा जम्मा गरेको रूसी मूलको कुल रकमसँग बराबर हुन सक्दैन ।


Author

थप समाचार
x