विश्व

ब्राजिलको अमेजन वन फँडानी दरमा ११ प्रतिशतले कमी

इकागज |
मंसिर १५, २०७९ बिहीबार २०:१५ बजे

ब्रासिलिया- ब्राजिलको अमेजनमा सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्मको अवधिमा वन फँडानी दर ११.२७ प्रतिशतले घटेको छ ।

नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च (इन्पे) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा ११ हजार ५६८ वर्ग किलोमिटर वन विनाश भएको छ भने अघिल्लो १२ महिनामा १३ हजार ३८ वर्ग किलोमिटर वन विनाश भएको थियो ।


वन फँडानी नियन्त्रणका लागि काम गरिरहेको ‘रिमोट सेन्सिङ’ परियोजना प्रोडेसले जारी गरेको वार्षिक प्रतिवेदनमा यो तथ्याङ्क संकलन गरिएको हो । यसलाई वन विनाश मापनका लागि सबैभन्दा सही संयन्त्र मानिन्छ ।  

अमेजनको वन फँडानी दर विगत दुई दशक अर्थात् सन् २००४ देखि उच्च विन्दुमा पुगेको थियो । यो अवधिमा अमेजनको २७ हजार ७०० वर्ग किलोमिटर जङ्गल नष्ट भएको छ ।

यो अवधिमा सन् २०१२ मा चार हजार ५०० वर्ग किलोमिटर वन फँडानी भएको थियो भने सन् २०१५ देखि वन फँडानी दरमा तीव्र बनेको थियो । 

ब्राजिल सरकारले सन् २०३० सम्ममा अवैध वन फँडानी अन्त्य गर्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनका पछिल्ला संस्करणमा स्थापित लक्ष्यप्रति प्रतिबद्ध रहेको बताएको छ । सिन्ह्वा


Author

थप समाचार
x