विश्व

इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि सबै सिरप औषधिमा प्रतिबन्ध

एजेन्सी |
कात्तिक ३, २०७९ बिहीबार १५:५० बजे

जाकार्ता- इन्डोनेसियामा करिब १०० बालबालिकाको मृत्युले देशलाई सबै सिरप र तरल औषधिको बिक्री स्थगित गर्न प्रेरित गरेको छ । गाम्बियामा कफ सिरपका कारण करिब ७० बालबालिकाको मृत्यु भएको बताइरहेका बेला इन्डोनेसियामा पछिल्लो घटना सार्वजनिक भएको हो ।

इन्डोनेसियाले भने कि केही सिरप औषधिमा तीव्र मृगौला चोट(एकेआई)सँग सम्बन्धित सामग्रीहरू फेला परेको थियो । जसका कारण यस वर्ष ९९ साना बालबालिकाको मृत्यु भएको छ । 


उक्त औषधि निर्यात गरिएको थियो वा स्थानीय रूपमा उत्पन्न गरिएको थियो भन्ने बारेमा केही खुलाइएको छैन । बिहीबार इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले भने कि उनीहरूले बच्चाहरूमा एकेआईका करिब २०० केस रिपोर्ट गरेको बताएका छन् ।
 


Author

थप समाचार
x