विश्व

शान्तितर्फको नोबेल पुरस्कार घोषणा

इकागज |
असोज २१, २०७९ शुक्रबार १६:७ बजे

काठमाडौँ- यस वर्षको शान्तितर्फको नोबेल पुरस्कार बेलारुसका मानव अधिकारकर्मी तथा अधिवक्ता एलेस बियालिस्की, रुसको मानव अधिकार संस्था मेमोरियल तथा युक्रेनको मानव अधिकार संस्था सेन्टर फर सिभिल लिवर्टिजलाई प्रदान गरिने भएको छ । 

नर्वेजियन नोबेल कमिटीले सन् २०२२ को नोबेल शान्ति पुरस्कार बेलारुसका एलेस, मेमोरियल तथा सेन्टर फर सिभिल लिवर्टिजलाई प्रदान गर्ने निर्णय गरेको हो । 


नोबेल शान्ति पुरस्कार विजेताहरूले आफ्नो देशमा नागरिक समाजको प्रतिनिधित्व गर्ने गरेको कमिटीको भनाइ छ । 

‘उनीहरूले धेरै वर्षदेखि सत्ताको आलोचना गर्ने र नागरिकको मौलिक अधिकारको रक्षा गर्ने अधिकारलाई बढावा दिएका छन् । उनीहरूले युद्ध अपराध, मानवअधिकार उल्लंघन र शक्तिको दुरुपयोगलाई अभिलेखीकरण गर्न उत्कृष्ट प्रयास गरेका छन् । उनीहरूले शान्ति र लोकतन्त्रका लागि नागरिक समाजको महत्त्वलाई सँगै दर्शाउछन्,’ कमिटीले उल्लेख गरेको छ । 
 


Author

थप समाचार
x