विश्व

कतारमा टर्कीले सेना पठाउने

इकागज |
असोज २०, २०७९ बिहीबार १३:७ बजे

अङ्कारा - कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ । टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो । टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो ।

कतारमा हुन गइरहेको विश्व कप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउन लागेको हो । कतारले टर्कीसँग सेनाको सहयोगका लागि अनुरोध गरेको थियो र कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाएको भएको हो । सो सहयोग सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबार प्रस्तुत गरिएको र मङ्गलबार सो प्रस्ताव पारित भएको हो ।


उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि सेना पठाउने भएको छ । टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्ने बारेमा भने केही बताइएको छैन ।
 


Author

थप समाचार
x