विश्व

श्रीलंकामा मानव र हात्तिको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च

इकागज |
असोज १३, २०७९ बिहिवार ६:३५ बजे

कोलम्बो- श्रीलंकाको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले पटाकामा वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको जनाएको छ । 

कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरवीराले सरकारलाई प्रतिवर्ष कम्तीमा १४ लाख हात्ती रिपेलेन्ट (पटाका) आवश्यक पर्ने बताए । 


हात्तीले मानव बस्तीमा आक्रमण गर्नुको मुख्य कारण वनक्षेत्रमा गाउँ निर्माण हुनु, हात्ती खुलेआम हिँडडुल गर्नु र जङ्गली हात्तीका लागि खाना र पिउने पानीको अभाव हुनु रहेको उनले बताए । 

लामो समयदेखि जारी द्वन्द्वमा मानव र हात्तीको थप मृत्यु हुन नदिन स्थायी समाधानका लागि कदम चालिएको उनले विश्वास दिलाए । 

पछिल्लो हात्ती गणनाअनुसार श्रीलंकामा हात्तीको सङ्ख्या करिब छ । उपलब्ध तथ्याङ्कअनुसार मानव–हात्ती द्वन्द्वका कारण वर्षेनी करिब ३०० हात्तीको मृत्यु हुने गरेको छ भने १०० भन्दा बढी मानिसको ज्यान समेत जाने गरेको छ । सन् २०१९ मा मानव–हात्ती द्वन्द्वमा श्रीलंकामा सबैभन्दा बढी ४०७ हात्तीको मृत्यु भएको थियो । 

श्रीलंकामा जङ्गली हात्तीको हत्या गर्नु फौजदारी अपराध हो तर आक्रोशित गाउँलेहरूले जनावरलाई विष खुवाएर वा गोली हानेका समाचारहरू बारम्बार आइरहेका छन् । (सिन्ह्वा)


Author

थप समाचार
x