विश्व

अंगालो हाल्दै हुनुहुन्छ, मुद्दा खेप्नुपर्ला है ?

इकागज |
भदौ १, २०७९ बुधवार ११:३९ बजे

सांकेतिक तस्विर

काठमाडौँ- चीनमा एक महिलाले अंगालो हालेर आफ्ना करङहरु भाँचेको आरोपमा सहकर्मीमाथि मुद्दा दायर गरेकी छन् । उक्त महिलाले दायर गरेको मुद्दामा उल्लेख भए अनुसार उनका पुरुष सहकर्मीले धेरै कडा रुपमा अंगालो हालेपछि उनको तीनवटा करङहरु भाँचिएको हो । 

सिदपिपल अनलाइनले जनाए अनुसार करङ भाचिएका कारण भएको आर्थिक नोक्सानीको क्षतिपूर्ति माग गर्दै हुवेइ प्रान्तकी युयाङ नाम भएकी उक्त महिलाले मुद्दा दायर गरेकी हुन् ।


यो घटना भने सन् २०२१ को मे महिनामा भएको थियो र मुद्दा युन्क्सी अदालतमा दायर गरिएको थियो । यता अदालतले पनि उनको करङ अन्य कुनै कारणले भाचिएको प्रमाण फेला नपारेको जनाउँदै उक्त पुरुषलाई करङ भाचिएपछि युयाङले भोगेको आर्थिक नोक्सानीको क्षतिपूर्ति दिन आदेश दिएको छ । 

समाचारमा जनाइए अनुसार महिलाले अर्का सहकर्मीसँग कुरा गरिरहँदा उक्त पुरुषले उनलाई जोडसँग अंगालो हालेका थिए । त्यसपछि उक्त महिला पीडाका कारण जोडसँग चिच्याएकी थिइन् । त्यसपछि उनलाई दिनभरी छातीमा पीडा हुनुका साथै घर जाँदा पनि पीडाले छोडेको थिएन ।

उनले सामान्य पीडा हुन सक्ने भन्दै तेलले मसाज गरेर सुतिन् । तर पीडा कम नभएपछि उनी अस्पताल पुग्दा करङ भाँचिएको पत्ता लागेको थियो । त्यसपछि उनी कामबाट विदा लिएर उपचार गराएकी थिइन् । उपचारका क्रममा उनीसँग आयको कुनै श्रोत नभएको समेत दावी गरेकी थिइन् । 

महिलाले पुरुषसँग आपसी समझदारीमा यसलाई सल्टाउन प्रयास गरेपनि पुरुषले यो केवल मित्रतापूर्वक हालेको अंगालो भएको बताए । 

त्यसपछि उक्त महिलाले पुरुषविरुद्ध मुद्दा हालेकी थिइन् र अदालतले उक्त पुरुषलाई १० हजार युयान क्षतिपूर्ति दिन आदेश दिएको थियो । 
 


Author

थप समाचार
x