विश्व

म्यानमारकी नेतृ आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय

इकागज |
साउन ३१, २०७९ मंगलबार १५:५४ बजे

फाइल तस्वीर

काठमाडाैं। म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय थपिएको छ ।    

आङ सान सुकीलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजार भन्दा कम मूल्यमा भाडामा लिएको आरोप लगाइएको छ । अपदस्थ नेतालाई चारवटा मुद्दाहरूमध्ये प्रत्येकमा तीन वर्षको सजाय सुनाइएको छ । तर तीमध्ये तीनका लागि सजाय एकैसाथ सुनाइनेछ । उनलाई थप छ वर्षको जेल सजाय दिइने अल जजीराले एक कानूनी अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ ।    
    
७७ वर्षीया सुकीलाई सन् २०२१ को फेब्रुअरीमा सेनाले म्यानमारमा सत्ता कब्जा गरेपछि देशद्रोह, भ्रष्टाचार र अन्य आरोपमा ११ वर्षको जेल सजाय सुनाएको थियो । यद्यपि, आङ सान सुकीले सबै आरोप अस्वीकार गरेको र उनका वकिलहरूले अपील गर्ने अपेक्षा गरिएको अल जजीराले जनाएको छ ।    


यो निर्णय लोकतान्त्रिक रूपमा निर्वाचितहरूलाई बदनाम गर्ने सैनिक सरकार अर्को हताश प्रयास भएको म्यानमारको राष्ट्रिय एकता सरकारका विदेशमन्त्री जिन मार आङले भनेका छन् । म्यानमार सैनिक सरकारको आलोचना गर्दै उनले आङ सान सुकीको रिहाइको लागि पनि आह्वान गरेका छन् ।    

आङ सान सुकी र उनका सहयोगीहरूविरुद्ध लगाइएका धेरै आरोपहरू अर्को वर्ष हुने चुनावमा अलोकप्रिय बनाई यी राजनीतिज्ञहरुलाई राजनीतिबाट हटाउने सेनाको प्रयासको हिस्सा भएको विश्लेषकहरूले बताएका छन् ।    


Author

थप समाचार
x