विश्व

भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु : मोदी

इकागज |
साउन ३०, २०७९ सोमबार १०:३८ बजे

फाइल तस्बिर

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र वंशवादविरुद्धको लडाइँ घोषणा गर्दै यसलाई भारतले सामना गरिरहेको शत्रु बताएका छन् । ७६औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्रांगणमा देशवासीका नाममा सम्बोधन गर्दै भ्रष्टाचार र वंशवाद अन्त्यमा जोड दिए ।

भ्रष्टाचार नियन्त्रण गर्न जनतासँग सहकार्यको आवश्यक रहेको उनले बताए । भ्रष्टाचारलाई निरुत्साहित गर्नुपर्छ । देशबाट भागेका व्यक्तिको सम्पत्ति जफत गर्ने प्रयास गरिरहेका छौँ ।  भ्रष्टाचारविरुद्ध लड्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्दछु,’ उनले भने । 


त्यस्तै, उनले नाताबादबारे पनि चर्चा गरे ।

‘भाइ–भतिजावाद र परिवारवाद राजनीतिमा मात्र सीमित छैन । हामीले यसलाई संस्था र खेलकुदबाट पनि  निरुत्साहित गर्न आवश्यक छ । हामीले यसविरुद्ध क्रान्ति थाल्नुपर्छ । यो हाम्रो सामाजिक दायित्व हो । हामीलाई पारदर्शिता चाहिन्छ’ उनले भने । एजेन्सी


Author

थप समाचार
x