विश्व

जनवरीदेखि हालसम्म कंगोमा नौ लाख मानिस विस्थापित

इकागज |
साउन २६, २०७९ बिहिवार २१:१७ बजे

किन्सासा - प्रजातान्त्रिक गणतन्त्र कंगोमा यस वर्ष करिब  नौ लाख मानिस विस्थापित भएका छन् । संयुक्त  राष्ट्रसंघको मानवीय निकायले बुधबार देशको पूर्वी भागमा जारी विद्रोही लडाइँका बीच यो आँकडा सार्वजनिक गरेको हो ।

बुधवार प्रकाशित एक प्रतिवेदन अनुसार संयुक्त राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनवरी र जुन महिनाबीच आठ लाख  ७७ हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको छ।


उक्त अवधिमा ४४६,००० भन्दा बढी मानिस घर फर्किएको पनि ओसीएचएले उल्लेख गरेको छ । हाल यस देशमा  ४८ लाखभन्दा बढी मानिस विस्थापित छन् ती मध्ये ५१ प्रतिशत महिला छन् । 

`असी प्रतिशतभन्दा बढी विस्थापन सशस्त्र हमला र झडपका कारण भएको हो,`  पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। अधिकांश विस्थापित व्यक्तिहरू कंगोको  तनावग्रस्त पूर्वी क्षेत्रमा बसोबास गर्छन् । खनिजसम्पन्न यस क्षेत्रमा १२० भन्दा बढी सशस्त्र  विद्रोही समूहहरू सक्रिय छन् ।

गत वर्षको अन्त्यमा एम २३ विद्रोही समूहले पूर्वी कंगोमा पुनः युद्ध शुरु गरेर रणनीतिक सीमावर्ती शहर बुनागाना लगायतका भूभाग कब्जा गरेको छ।
 


Author

थप समाचार
x