विश्व

४२ फिट लामो नङ पालेर विश्व कीर्तिमान

इकागज |
साउन २१, २०७९ शनिवार ८:४४ बजे

न्युयोर्क - अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले  जनाएको छ ।

मिनेसोटाकी ६३ वर्षीय डायनाको  दुवै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् । 


उनको दायाँ हातको बुढी औला ४ फिट ६ दशमलब ७ इन्च लामो छ । बुढी औँलाको नङभन्दा सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् । एजेन्सी


Author

थप समाचार
x