विश्व

नाइटक्लबमा आगलागी हुँदा थाइल्यान्डमा १३ जनाको मृत्यु

इकागज |
साउन २०, २०७९ शुक्रबार १५:२२ बजे

काठमाडौँ-  थाइल्यान्डको एक नाइट क्लबमा आगलागी हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । अन्य ४१ जना घाइते भएको बीबीसीले जनाएको छ । 

चोनबुरी प्रान्तमा रहेको माउन्टेन बी नाइट क्लबमा बिहीबार राति करिब १ बजे आगलागी भएको प्रहरीले जनाएको छ । अनलाइनमा सार्वजनिक भएको भिडियोमा मानिसहरु भागाभाग गरेको तथा कतिपय मानिस लुगामा आगो लागिरहेको अवस्था रहेका थिए । 


भित्तामा रहेका ज्वलनशील पदार्थले आगो झन् बढाएको हुनसक्ने उद्धारकर्ताहरूले बताएका छन् । अग्नि नियन्त्रकले करिब दुई घण्टाको मेहनतपछि आगोलाई नियन्त्रणमा लिएका थिए । आगो लाग्नुका कारण भने खुल्न सकेको छैन । 

यसैबीच थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चान-ओचाले पीडित परिवारलाई क्षतिपुर्ति प्रदान गरिने बताउँदै देशभरीका नाइट क्लबको सुरक्षा अवस्था सुधार गर्न निर्देशन दिएका छन् ।

यसअघि सन् २००९ मा नयाँ वर्षको समयमा बैँककको सान्टिका क्लबमा आगलागी हुँदा कम्तिमा पनि ६० जनाको मृत्यु भएको थियो । 
 


Author

थप समाचार
x