विश्व

हङकङ दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला

इकागज |
असार १९, २०७९ आइतबार २०:६ बजे

काठमाडौँ  - चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ ।    

सुरुको प्रदर्शनीहरूमा बेइजिङको दरबार सङ्ग्रहालयले संकलन गरेको ९०० भन्दा बढी प्राचिन, सांस्कृतिक तथा सार्वजनिक महत्वका सामग्रीहरूलाई देखाइनेछ । यसमध्ये केही सामग्री हङकङमा पहिलो पटक प्रदर्शन भइरहेका छन् ।   


सुरुको प्रदर्शनीको सुरुको चार हप्ताका लागि करिब एक लाख ४० हजार टिकटमध्ये ८० प्रतिशत टिकट बिक्री भइसकेको सङ्ग्रहालय प्रशासनले जनाएको छ ।

हङकङ सरकारको संस्कृति, खेलकुद र पर्यटनमन्त्री केभिन योङले भने, `सङ्ग्राहलयले चीनको असल इतिहास (कथा) सुनाउन हङकङको आफ्नै सांस्कृतिक बिषयबाट पनि लाभ लिनेछ ।` 

सङ्ग्रहालयले सामान्य प्रवेशको मूल्य ५० हङकङ डलर (लगभग ६.३७ अमेरिकी डलर) तय गरेको छ भने विशेष प्रदर्शनी टिकट १२० हङकङ डलर (१५.२९ अमेरिकी डलर) तय गरेको छ ।

संग्रहालय उद्घाटनको पहिलो वर्षका सबै बुधबार सबैका लागि प्रवेश निःशुल्क गरिनेछ । साथै संस्थागत तथा अन्य संगठनहरूले एक लाख ५० हजार सामान्य प्रवेश टिकट कम विशेषाधिकार प्राप्त समूहहरूलाई वितरणका लागि प्रायोजित गर्ने संग्रहालयले बताएको छ । 
रासस


Author

थप समाचार
x