विश्व

पहाडी सिंह र चितुवाले थपियो लस एन्जलस र मुम्बईको समानता

इकागज |
असार १७, २०७९ शुक्रबार ६:४१ बजे

फाइल तस्बिर

लस एन्जलस- चलचित्र, फेसन र थामिनसक्नु सवारीसाधनको भीडभाडले विश्वका समान  सहरको परिचय बनाएका लस एन्जलस र मुम्बईमा अब अर्को समानता थपिएको छ । लस एन्जलसका पहाडी सिंह र मुम्बईका चितुवाले यी महानगरको नयाँ साझा परिचय थपेका हुन् । 

दश करोडभन्दा बढी जनसङ्ख्या भएका यी दुवै महानगर नजिकका जङ्गलमा विशाल बिराला सिंह र चितुवा निस्फिक्रि विचरण गरिरहेका छन् । दुवै महानगरमा गरिएको लामो समयको अध्ययनले लस एन्जलसमा पहाडी सिंह  र मुम्बईमा चितुवाको घना आवादी रहेको देखाएको हो ।  सहरी जङ्गलमा वनका राजाहरू कसरी घुम्न सक्छन् र मानिसहरू कसरी तिनीहरूसँगै बस्न सक्छन् भन्ने कुराको अनुसन्धान जीव विज्ञानकाका वैज्ञानिकले गरेका छन् । 


क्यालिफोर्निया विश्वविद्यालयमा पहाडी सिंह अध्ययन गर्ने वैज्ञानिक अड्रा हफमेयरले सिंह र चितुवाको प्राकृतिक बासस्थानमा सहरी क्षेत्रले अतिक्रमण गर्ने भएकाले भविष्यमा भयानक जङ्गली जनावर भएका सहरहरू बढ्ने बताएका छन् । उनले ती वन्यजन्तुलाई आफ्नो वरिपरि राख्न उनीहरूसँगै बस्न सिक्नुपर्ने बताएका छन् । सान्ता मोनिका पर्वतको फराकिलो संरक्षित क्षेत्रमा रहेका पहाडी सिंहको अध्ययनपछि वैज्ञानिक हफमेयर यस्तो निष्कर्षमा पुगेका हुन् । 

संसारका सबैभन्दा धेरै जनसङ्ख्या भएका सहरहरूमध्येको मुम्बई महानगर नजिक अवस्थित सञ्जय गान्धी राष्ट्रिय निकुञ्जमा रहेका ५० वटा चितुवामध्ये २० वटाले सहरी क्षेत्रको वनमा आफूलाई अनुकूलन गरेका भारतको वन्यजन्तु संरक्षण समाजका निर्देशक एवम् अनुसन्धानकर्ता विद्या अथरेयाले बताएका छन् । एकलाख मानिसको बसोबास रहेको क्षेत्र नजिक चितुवाको बासस्थान रहेको उनी बताउँछन् । (एपी)


Author

थप समाचार
x