विश्व

रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल उपलब्ध गराउने

इकागज |
असार १२, २०७९ आइतवार ९:४९ बजे

मस्को - ‘आक्रामक’ पश्चिमको सामना गर्न रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले जनाएको छ । 

आफ्ना छिमेकीहरू लिथुआनिया र पोल्याण्डको ‘द्वन्द्वात्मक’ र ‘घृणित’ नीतिहरूको बारेमा चिन्ता व्यक्त गर्दै बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले पुटिनसँग सहयोगका लागि अनुरोध गरेका थिए । त्यसको जबाफमा पुटिनले लुकासेन्कोलाई बेलारुसको रुसी निर्मित एसयु–२५ अपग्रेड गर्न सकिने आश्वासन दिए ।


बैठकबारे विदेश मन्त्रालयले पुटिनलाई उदृत गर्दै भनेको छ, ‘हामी बेलारुसलाई इस्कन्डर–एम रणनीतिक मिसाइल प्रणाली हस्तान्तरण गर्नेछौं, जसले ब्यालिस्टिक र क्रूज मिसाइलहरू दुवै परम्परागत र आणविक भर्सनमा प्रयोग गर्न सक्छ ।

बेलारुस र उसको नजिकको सहयोगी रूसलाई एउटै छातामुनि राख्दै लुकासेन्कोले भने, ‘ब्रेस्टदेखि भ्लादिभोस्तोकसम्म हाम्रो मातृभूमिको रक्षाका लागि गम्भीर हतियारको प्रयोग गर्नदेखि जुनसुकै कुराको लागि मिन्स्क तयार हुनुपर्छ ।’ एजेन्सी


Author

थप समाचार
x