विश्व

युक्रेनी सहर सेभेरोदोनेत्स्क रुसी सेनाको कब्जामा

इकागज |
असार १२, २०७९ आइतबार ७:४२ बजे

फाइल तस्बिर

मस्को - हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोनेत्स्क रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो । 

‘सहरलाई पूर्ण रूपमा रूसीहरूले कब्जा गरेका छन्’, स्ट्राइकले भने ।  एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका उनले बताए । उनका अनुसार ती व्यक्तिहरूलाई चिकित्सा र मनोवैज्ञानिक सहयोग आवश्यक छ । 


‘यी मानिसहरूले आफ्नो जीवनको लगभग तीन महिना बेसमेन्टमा बिताएका छन् । यो भावनात्मक र शारीरिक रूपमा कठिन छ ’, उनले भने ।

रुसी र रुस समर्थक सैनिकहरूले एजोट प्लान्ट कब्जा गरेर त्यहाँ शरण लिइरहेका ८ सय सर्वसाधारणलाई खाली गरेका मस्कोलाई समर्थन गर्ने पृथकतावादीहरूले दावी गरेका छन् ।

एक टेलिग्राम सन्देशमा पृथकतावादी अधिकारी आन्द्रेई मारोच्कोले रुसी सेनाले अजोट प्लान्टलाई पूर्ण नियन्त्रण लिएको दाबी गरेका छन् ।
युक्रेनले अब छिमेकी सहर लिसिचान्स्कलाई राम्रोसँग रक्षा गर्ने जनाएको छ । एजेन्सी


Author

थप समाचार
x