विश्व

राजकुमार चाल्र्स युक्रेनी शरणार्थी शिविरमा

इकागज |
जेठ १२, २०७९ बिहीबार १६:९ बजे

काठमाडौँ - बेलायतका राजकुमार चाल्र्सले बुखारेस्टस्थित युक्रेनी शरणार्थी शिविरको भ्रमण गरेर रोमानिया सरकार र स्वयंसेवकहरूले त्यहाँ गरिरहेको सहायता प्रयासबारे जानकारी लिएका छन् । 

एकजना दोभाषेमार्फत युक्रेनीहरूको समूहसँग कुरा गर्दै उनले आफ्नो भाषा सीपको अक्षमताका निम्ति क्षमा याचना गर्दै  कठिन परिस्थितिमा उनीहरूले देखाएको असाधारण साहस, धैर्य र सहनशीलताको प्रशंसा गरे । 


युक्रेनी बच्चाहरूले उनलाई परम्परागत युक्रेनी ढाँचामा चित्रित काठको चम्चा उपहारस्वरुप प्रदान गरेका थिए । रुस–युक्रेन युद्ध शुरु भएयता १० लाख युक्रेनी शरणार्थीका रुपमा रोमानिया पुगेका छन् । 

शरणार्थीहरूमा प्रायः महिला र बालबालिका छन् । राजकुमार चाल्र्सका साथ रेडक्रसका अधिकारी, मुक्ति सेना र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधि बुखारेस्ट नगरका प्रमुखलगायत उपस्थित  थिए । रासस


Author

थप समाचार
x