विश्व

युक्रेनको मारिओपोल सहरमा २०० शव फेला

इकागज |
जेठ १२, २०७९ बिहिवार १४:१८ बजे

फाइल तस्‍बिर

किभ - युक्रेनी सहर मारिओपोलमा  सहरमा २०० शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट करिब २०० शव फेला पारेको मारिओपोलका मेयरका सल्लाहकारले बताएका छन् । 

शवहरू सडेका र छिमेकमा दुर्गन्ध फैलिएको मारिओपोलका मेयर पेट्रो एन्ड्रयुश्चेन्कोले बताए । शव फेला परेको विवरण स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । 


रुसले आजोभ सागरको तटमा रहेको युक्रेनको प्रमुख बन्दरगाह सहर मारिओपोलमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । २४ फेब्रुवरीमा सुरु भएको हमलापछि रूसले कब्जा गर्न सफल भएको एक मात्र सहर हो मारिओपोल । 

रूसी बम विष्फोटले मरिओपोल सहर क्षतविक्षत बन्यो । एजोभस्टल स्टिल कारखाना  युक्रेनी प्रतिरोधको अन्तिम स्थल बनेको थियो । तर, त्यहाँको प्रतिरोध फौजले पनि अहिले आत्मसमर्पण गरेको छ ।
 


Author

थप समाचार
x