विश्व

अष्ट्रेलियामा लेवर पार्टीको सरकार बन्ने

इकागज |
जेठ ७, २०७९ शनिबार १८:५ बजे

काठमाडौँ – अष्ट्रेलियामा एक दशक पछि पहिलो पटक लेवर पार्टीले सरकार बनाउने अष्ट्रेलियाको संचारमाध्यमले जनाएका छन् । यसको अर्थ लिबरल पार्टी गठबन्धनबाट प्रधानमन्त्री रहेका स्कट मरिसन सत्ताबाट बाहिरिने निश्चित भएको छ । 

यता लेवर पार्टीका नेता एन्थनी अल्बानीज प्रधानमन्त्री बन्ने भएका छन् । तर लेवरले बहुमत वा गठबन्धनको सरकार बनाउने भने निश्चित भने भइसकेको छैन् । एन्थनी एङग्लो-सेल्टिक पृष्टभूमिबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुनेछन् । 


उनले संसदले अब आधुनिक अष्ट्रेलियालाई प्रतिविम्बित गर्ने दावी गरे । उनले अष्ट्रेलियामा निशुल्क स्वास्थ्य प्रणाली तथा एलजिबिटी समुदायको अधिकारका लागि वकालत गर्दै आएका छन् ।
 


Author

थप समाचार
x