रीतिरिवाज

सर्वसाधारणद्वारा एकान्त कुमारीको हातबाट टीका ग्रहण

इकागज |
असोज १९, २०७९ बुधवार १८:१६ बजे

काठमाडौँ- विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ । एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका हुन् ।

कुमारीको हातबाट टीका लगाए पछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए । कुमारीले साइतको टीका लगाए पछि कुमारीको हातबाट टीका लगाउन सर्वसाधारण तलेजु पुगेका छन् ।


अपरान्ह चार बजेदेखि सर्वसाधारणका लागि टिका लगाउन खुल्ला गरिएको हो । साँझ छ बजेसम्म कुमारीले टीका लगाइदिने भएपछि सर्वसाधारण टीका लगाउन कुमारी घर पुगेका छन् । 


Author

थप समाचार
x