पर्यटन

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फर्कियाे

इकागज |
जेठ २३, २०८० मगलवार ११:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँमै फर्केको छ ।  जहाजको प्रेसराइजेसन फेलियर भएर विमान फर्केको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले इकागजलाई जानकारी  दिए ।

उनका अनुसार बिहान ८ बजेर १० मिनेटमा विमान उडेको थियो। ५० माइल पर विमान फर्केको थियो । 


विमानमा चालक दलसहित गरी कुल ७२ जना सवार रहेको उनले बताए । सबैको अवस्था सामान्य रहेको उनको भनाइ छ ।


Author

थप समाचार
x