पर्यटन

'इन्डिकेटर' मा समस्या देखिएपछि बुद्धको जहाज रनवेबाट फिर्ता

इकागज |
चैत १३, २०७९ सोमबार १६:५० बजे

फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उडानका लागि तयार रहेको बुद्ध एयरको जहाजको इन्डिकेटरमा समस्या देखिएपछि रनवेबाट फर्किएको छ ।

काठमाडौँबाट भैरहवाका लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । 


उनका अनुसार 'इन्डिकेटर' मा समस्या आएपछि जहाज पुनःपार्किङमै फर्किएको हो । सोमबार २:४५ बजेको उडान तालिका रहेको उक्त जहाजमा चालक दलका सदस्यसहित ७८ यात्रु सवार थिए ।

 'मेसिनरी चिज भएकाले समय-समयमा समस्या देखापर्छ,' उनले भने, 'समस्या देखिएपछि पाइलटले फेरि ब्याक गरेर ल्याएको हो । सामान्य अवस्था हो ।'

 


Author

थप समाचार
x