विचार

भाषा

भाषाको उत्पत्ति कसरी भयो ?

बलिराम कुमार चौहान |
चैत ४, २०७९ शनिबार १६:४९ बजे

संस्कृतको 'भाष्' धातुमा 'आ' प्रत्यय लागेर बनेको 'भाष' शब्दले व्यक्त वाणी वा बोलीलाई बुझाउँछ। जब हामी भाषाको बारेमा चर्चा गर्छौँ तब पहिलो प्रश्न भाषाको उत्पति कसरी भयो भने आउँछ। यो प्रश्न धेरै पुरातन समय देखि विचार गरिएको छ।यस बारेमा सर्वप्रथम महार्षि पाणिनिले बोलेका छन्। उत्पत्तिका बारेमा विभिन्न विद्धवानहरूले दिएका सिद्धान्तहरू कल्पना र अनुमानमा आधारित भएका कारण यसलाई भाषा विज्ञानको क्षेत्रमा राखेको पाइँदैन।भाषाको उत्पत्तिको सम्बन्धमा विद्वानहरूले मुख्यता दुईवाटा मार्गहरूबाट अध्ययन गरि आफ्ना सिद्धान्तहरू दिएका छन्। त्यो हो प्रत्यक्ष मार्ग र परोक्ष मार्ग ।

क)    प्रत्यक्ष मार्ग 


यस अन्तर्गत भाषाको उत्पत्तिको बारेमा प्राचीन (सुरुदेखि) अवस्थादेखि हालसम्मको विकसित भाषालाई आधार मानेर अध्ययन गरिन्छ।

१.    दैवीय उत्पत्तिको सिद्धान्त

यस सिद्धान्तलाई भाषाको उत्पत्तिको सन्दर्भमा सबैभन्दा पुरानो सिद्धान्त मानिन्छ । यस सिद्धान्त अनुसार भाषाको उत्पत्ति ईश्वरबाट भएको हो । भारतीय विद्वानहरूका अनुसार संस्कृत भाषा ईश्वरले सृष्टि गरेका हुन् । यसको प्रमाणको रुपमा उनीहरूले संस्कृतमा लेखिएको वेदलाई लिन्छन्। भारतीय विद्वानहरूका अनुसार वेद अपौरुषेय छ। संस्कृत भाषामा लेखिएको पाणिनिको १४ सूत्रीय व्याकरणअनुसार भगवान शिवको डमरुबाट भाषाको उत्पत्ति भएको हो।

बौद्ध धर्मावलम्बीहरूले पनि त्यस्तै 'पाली' भाषालाई मौलिक भाषा मानेका छन् र यो भाषा अनादिकालदेखि चलिआएको विश्वास गर्छन् । जैन धर्मावलम्बीहरूका अनुसार अर्धमागढी मानिसका लागि मात्र हुनुपर्छ, यो मातृभाषा नभई सबै प्राणीको मातृभाषा हो र जब महावीर स्वामीले यही भाषामा उपदेश दिनुहुन्थ्यो, त्यसबेला भगवानको योनीमा बस्ने सबै जीवजन्तुहरूले "शिक्षण" को स्वाद लिन्थे । मुस्लिमहरूले 'कुरान' रोगलाई ईश्वरको वचन मान्छन्।त्यसैगरी इसाई क्याथोलिक समुदायहरूले हिब्रू भाषामा धर्म ग्रन्थ लेखे त्यसपछि हिब्रू भाषालाई संसारका सबै भाषाको जननी माने । उनीहरूले हिब्रू भाषाका 'आदम' र 'हब्बा'को भाषालाई भगवान्‌ले उत्पत्ति गरेको मान्दछन्।

२.    धातु सिद्धान्त

धातु सिद्धान्तलाई ध्वनि सिद्धान्तका नामले पनि चिनिन्छ। केही विद्वानहरूले यसलाई अनुकरण सिद्धान्त, धातुसिद्धान्त तथा डिडडाडवादको संज्ञा दिएको पाइन्छ। यस सिद्धान्तको सङकेत सुरुमा पलेटोले गरेका थिए र व्यवस्थित रुप दिने काम जर्मनीका प्रोफेसर हेसले गरेका हुन्।धातु सिद्धान्तअनुसार संसारका हरेक वस्तुको आफ्नै ध्वनि हुन्छ। काठ, सुन, फलाम, माटो, ढुड्गी, टिन, कपडा आदि वस्तुका ध्वनीहरू फरक फरक हुन्छन्। मानिसहरू यी सारा वस्तुका सम्पर्कमा जाँदा ती वस्तुहरूबाट आएको आवाज जस्तै आवाज निकाल्न सफल भएको देखिन्छ यसरी नै हुँदै जादा भाषाको उत्पत्ति भएको मानिन्छ। विभिन्न वस्तुहरूको ध्वन्यात्मक अभिव्यक्ति धातु थिए र त्यही धातुबाट नै भाषाको उत्पत्ति भएको थियो। यस सिद्धान्तअनुसार धातु ध्वनी र त्यसको अर्थमा रहस्यात्मक सम्बन्ध रहेको मानिन्छ। 

३.    आवेग सिद्धान्त

यस सिद्धान्तलाई पूह-पूहवाद', मनोभावाभिव्यंजकतावाद र मनोभावाभिव्यक्तिवाद पनि भनिन्छ। नेपाली भाषामा मनोभावाव्यक्ति सिद्धान्त नै बढी उपयुक्त देखिन्छ। यस सिद्धान्तअनुसार मानव जीवनजगत्‌को प्रारम्भ हुने समयमा मानिसले आफ्ना दुःख, सुख, विस्मय, घृणा, चिन्ता, कथा, व्यथा आदिसंवेगहरूलाई व्यक्त गयो ।यस क्रममा मानिसको मुखबाट ओ. ओहो, छि छि. आहा, ओह, ए, हे, ओइ आदि जस्ता शब्दहरू निस्किए । यस्ता शब्दहरूको निरन्तर प्रयोग गर्दै जाँदा क्रमिक रूपमा भाषाको विकास भएको कल्पना गरिएको छ।

४.    यो हे हो सिद्धान्त

यस सिद्धान्तलाई 'क्रियात्मक सिद्धान्त' वा 'श्रम परिहरण सिद्धान्त' पनि भनिन्छ। यसमा प्रतिपादन न्वायरले गरेका हुन्।यस सिद्धान्त अनुसार मानिसले परिश्रम गर्दा श्वास-प्रश्वासको गति तिव्र भइहाल्छ र उसको कामको प्रकृति अनुसार बिभिन्न ध्वनिहारु उच्चारण हुनछन्। यस्ता ध्वनिबाट उसको काममा पनि सहयोग पुग्दछ र उसले आराम महसुस गर्दछ। यस सिद्धान्तअनुसार कुनै पनि काम गर्दा स्वाभावैले विभिन्न ध्वनिहरू निस्किन्छन् । यस्ता शब्दहरूवाट भाषाको विकास भएको हो।जस्तैः धोबीले काम गर्ने क्रममा हियो वा छियो, कामदारले थकानका क्रममा अहं, हलो जोत्ने व्यक्तिले हो हो ह आदि प्रकारका शब्दहरू उच्चारण गर्दछन्

५.    अनुकरणा सिद्धान्त

यस सिद्धान्तलाई अनुकरणमूलकतावाद, भोभोवाद बाउवाउबाद, बाउवाउ सिद्धान्त शब्दानुकरणवाद वा शब्दानुकरणमूलकाबाद आदिका नामले पनि चिनिन्छ। यस सिद्धान्तअनुसार प्रकृतिमा पाईने पशुपंक्षी, नदिनाला, बिजली, बादलको दृश्यात्मक र ध्वन्यात्मक अनुकरणको आधारमा भाषाको उत्पति भएको छ । यस सिद्धान्तअन्तर्गत ध्वन्यात्मक अनुकरण सिद्धान्त, अनुरणनात्मक अनुकरण र दृश्यात्मक अनुकरण सिद्धान्त गरि तीनवटा उपसिद्धान्त रहेका छन। 

६.    पर्क सिद्धान्त

यो सिद्धान्त जी रेवेजले दिएका हुन्।यस सिद्धान्त अनुसार समाजमा मानिसहरूले एक आपसमा संपरक गर्दा केही ध्वनीहरू सहज तरिकाले निस्केका होलान् र यी ध्वनीहरू विकसित भएर नै भाषा बनेको होला।

७.    सङ्गीत सिद्धान्त

यस सिद्धान्त अनुसार भाषाको उत्पत्ति सङ्गीतबाट भएको मानिन्छ। यस सिद्धान्तलाई चाल्र्स डार्विन र स्पेन्सरले अगाडि ल्याएका हुन्। उनीहरूले आदिम मानवहरूले भाषाको उत्पत्ति खेल खेल्ने क्रममा गीतको उच्चारण तथा अभ्यासबाट भएको हो भन्ने मत प्रस्तुत गरेका छन्। उनीहरूका अनुसार आदिम परिवेशमा प्रेम, दुःख आदिको अवसरमा अर्थविहीन अक्षरहरू निर्माण भए । यस्तै विशेष परिवेशमा अक्षरहरूको प्रयोग भयो र यस्ता अक्षरहरूले खास अर्थ व्यक्त गर्न थाले।यसरी भाषाको उत्पति भयो।

८.    साङ्केतिक सिद्धान्त

यस सिद्धान्तलाई प्रतिकवाद, स्वीकारवाद, निर्णय सिद्धान्त पनि भनिन्छ। सुरुमा मानिसले हात, खुट्टा, टाउको आदिलाई विशेष प्रक्रियाले चलाएर भावना व्यक्त गर्न चाहेको होला तर पछि  जब यसले काम नगरेको होला तब उसले सामाजिक सहमतिको आधारमा विभिन्न अभिव्यक्ति र चीजहरूको लागि संकेतहरू निश्चित गरेको होला। यसरी, भाषाको उत्पत्ति विचारहरूको आपसी आदानप्रदानबाट ध्वनि संकेतहरूको निर्धारणबाट भएको हो।

९.    टा टा सिद्धान्त

यस सिद्धान्त अनुसार मानवविकासको क्रममा मानिसको उच्चारण अवयवबाट जानी नजानी विभिन्न ध्वनिहरू उच्चारण भएर यस्ता ध्वनिहरूको अनुकरणबाट संयोगवस केही ध्वनि तथा शब्दहरूको निर्माण भयो। यस्ता ध्वनि र शब्दहरू विस्तारै विस्तारै विकास हुने क्रममा भाषाको उत्पत्ति भयो भन्ने मान्यता टा टा सिद्धान्तले दिएको छ।

१०. इंगित सिद्धांत

यस सिद्धान्तका पर्वतक डा. रायेको हुन्।साथै चार्ल्स डार्विनले असम्बद्ध भाषाको तुलनात्मक अध्ययनका आधारमा यस सिद्धान्तलाई प्रमाणित गरेका हुन् ।रिचर्डले चार चरण पुरा भएपछि भाषाको विकास भएको तथ्य अगाडि सारेका छन् ।यस सिद्धान्तका अनुसार मानिसले सर्वप्रथम विभिन्न सन्दर्भका आफ्नो आंगिक चेष्टाहरूको अनुकरणमा भाषाको प्रयोग गरे।यसरी भाषाको उत्पति भयो।जस्तैः जब हामी पानी पिउँछौँ तब बारबार ओठहरूको स्पर्शले 'पा' 'पा' गरेर ध्वनि निस्कन्छ।यसको अनुकरणले पानी शब्द बनाइयो।

११. मा मा सिद्धान्त

यस सिद्धान्त अनुसार भाषा सबैभन्दा महत्त्वपूर्ण वस्तुहरूमा संलग्न सबैभन्दा सजिलो अक्षरहरूबाट सुरु भयो।

१२.    ल ल सिद्धान्त 

यो सिद्धान्तका प्रतिपादक ओटो जेपर्सन लगायतका विद्धानहरू हुन्। यस सिद्धान्त अनुसार भाषाको उत्पति माया, रोमान्स, कविता र संङ्गितबाट निस्केका ध्वनिबाट भएको हो। त्यस्तै एउटा ल-दि-दह सिद्धान्त छ। यी सिद्धान्तले पनि यस्तै विचार प्रकट गर्छ।

१३.    युरेका सिद्धान्त वा आविष्कार सिद्धान्त

यस सिद्धान्तका अनुसार शायद भाषा सचेत आविष्कार गरिएको हुनसक्छ। सायद हाम्रा पूर्वजहरूले केही चीजहरूको अर्थ मनमानी ध्वनिहरू निकालेर गररका होलान्। शब्दहरू मानिसको रचनात्मक आधारको परिणामको कारण आविष्कार भएका हुनसक्छन्।

१४.    समन्वय सिद्धान्त

यस सिद्धान्तको श्रेह हेनरी स्वीटलाई दिईन्छ। भाषाको उत्पतिका सम्बन्धमा कुनै एक सिद्धान्तलाई स्वीकार गर्न सकिदैन भन्ने कुरा उनले बुझेका थिए।त्यसकारण उनले सबै सिद्धान्तहरूका समन्धित रुपलाई स्वीकार गरेका छन्।

१५.    नोम चोम्स्कीको विश्वव्यापी व्याकरणको सिद्धान्त

नोम चोम्स्कीका अनुसार व्याकरण धेरै हदसम्म तर्कमा आधारित हुन्छ। विश्वव्यापी व्याकरणको सिद्धान्त अनुसार नाम र कृया कसरी अर्थपुर्ण ढङ्गले जोड्न सकिन्छन् भन्ने कुरा अन्तरनिहित रुपमा जान्छन्। अनि फेरि यसै अनुसार कठिन वाक्यहरू निर्माण गर्छन्।

१६.    सहअस्तित्व सिद्धान्त

यस सिद्धान्तलाई मूलतः ग्रेस डे लागुनले प्रस्तावित गरिएका हुन्। यस सिद्धान्त अनुसार मानिसहरूले आफ्नाे दैनिक जीवनमा विभिन्न सामाजिक गतिविधिहरू गर्दाको सन्दर्भमा हुने सहकार्यबाट उत्पन्न भएको हो।

१७.    अनुष्ठान/भाषण सहविकास 

यस सिद्धान्तलाई रोय रापापोर्टले प्रस्तावित गरिएका थियो र पछि क्रिस नाइट, जेरोम लुईस, निक एनफिल्ड, क्यामिला पावर र इयान वाट्स द्वारा विस्तार गरियो। यी विद्वानहरूका अनुसार भाषा एक अलग अनुकूलन होइन। यो समस्टिगत रूपमा मानव प्रतीकात्मक संस्कृतिको आन्तरिक पक्ष हो।

१८.    वार्तालाप सिद्धान्त

यो सिद्धान्त गोर्डन पास्कले दिएका। यस सिद्धान्त अनुसार सामाजिक प्रणालीहरू प्रतीकात्मक, भाषा-उन्मुख प्रणालीहरू हुन् जसको प्रतिक्रियाहरू एकमा निर्भर हुन्छन्।व्यक्तिको व्यवहार र मनोवृत्तिको व्यक्तिको व्याख्या दुई वा बढी व्यक्तिहरू बीचको कुराकानीबाट अर्थहरू सहमत हुन्छन्।

१९.    मेमे सिद्धान्त

यो सुसान ब्ल्याकमोरले दिएका सिद्धान्त हो।यस सिद्धान्त अनुसार, भाषा जनावर, वस्तुहरू र अन्य मानवहरूको नक्कल गर्ने मानव क्षमताबाट उत्पन्न भएको छ।

२०.    चार्ल्स डार्विनको भाषाको विकासको सिद्धान्त

डार्विनका अनुसार भाषाको उत्पत्ति प्राकृतिक आवाज, अन्य जनावरहरूको आवाज, र मानिसको रोदनको नक्कल बाट भएको छ र यो प्रकिया क्रमशः चलिरहेको छ।

२१.    मातृभाषा परिकल्पना वा मोनोजेनेसिस सिद्धान्त

यस सिद्धान्त अनुसार, भाषा मानवहरूको एक समूहबाट उत्पन्न भएको हो जुन सम्भवतः अफ्रिकामा उत्पन्न भएको थियो र विश्वभर फैलिएको थियो।

२२.    व्यवहारवाद

यस सिद्धान्तलाई बी.एफ स्किनरले प्रतिपादन गरेका छन्। यस सिद्धान्त अनुसार भाषा एउटा व्यवहार हो र यो व्यवहारका अन्य सबै ढाँचाहरू जस्तै सिकिन्छ। यो सिकाई "क्रमिक अनुमानको सुदृढीकरण" मार्फत लागू गरिएको छ।

२३.    सामाजिक सम्झौताको सिद्धान्त

यस सिद्धान्तका प्रतिपादक रुसो, थाँमस हाँब्स र जाँन लक हुन्।यस सिद्धान्त अनुसार आदिम युगमा मानिसहरूले सामान्य संकेतबाट कार्य सञ्चालन गर्थे जब सामान्य संकेतबाट कार्य सञ्चालन गर्न अप्ठ्यारो भएको होला त्यसबेला समुदायका मानिसहरूले मिलेर फलानो कुराका लागि फलानो शब्दको प्रयोग गर्ने समझौता गरे। यसरी भाषाको निर्माण भयो।

ख)    परोक्ष मार्ग 

यस अन्तर्गत हाल कायम रहेका आधुनिक भाषादेखि प्राचीन अवस्थासम्म गएर भाषाको अध्ययन गरिन्छ। यस क्षेत्रमा गैस्पर्नले बढि काम गरेको हेरिन्छ। यस अन्तर्गत भाषाको अध्ययन गर्नको लागि मुख्यता तीनवटा कुरालाई आधार मानिन्छः-

१.    बच्चाहरूको भाषा

यस सिद्धान्त अनुसार जसरी एउटा बच्चाले भाषा सिक्छ मानवजातिले पनि त्यसरी नौ भाषा सिकेका होलान्। एउटा बच्चाको भाषाको अध्ययन गरेर हेर्न सकिन्छ कि सुरुसुमा जब ऊ भाषाविहिन हुन्छ तब उसले आफ्नो भावनाहरूलाई हासेर वा रोएर अभिव्यक्त गर्छ। त्यसपछि जब ऊ भाषा सिक्दै जान्छ आफ्नो अनुकरण प्रवृतिद्वारा भाषा सिक्छ।

२.    असभ्य जातिहरूको भाषा

भाषाको सुरुवात आदिमानवबाट भएकाले यस सिद्धान्त अनुसार असभ्य जातिहरू जुन कि अहिले पनि यस्ता अनेक जनजातिहरू छन् जुन को आदिमानव जस्तै जङ्‌गलमा  बसेर आफ्नो जीवन व्यतित गर्छन्, तिनीहरूका भाषाको अध्ययन गरेर भाषाका वैज्ञानिक रुपमा अध्ययन गर्न सकिन्छ।

३.    आधुनिक भाषाहरूको इतिहास

यस सिद्धान्तलाई अन्य सिद्धान्तहरूका तुलनामा ज्यादै वैज्ञानिक र सफल मानिन्छ किनकि यसमा भाषाको वर्तमान आधुनिक रुपदेखि प्राचीन स्वरुपलाई अध्ययन गरिन्छ। त्यसपछि दुवैको तुलना गरिन्छ अनि मुलसम्म पुग्ने प्रयास गरिन्छ।

अहिलेसम्म प्रतिपादित सिद्धान्तहरू पूर्णरुपमा मान्न सकिने नभए पनि आगामी दिनमा भाषाको उत्पतिको सम्बन्धमा खोजी गर्नका निम्ति अत्यन्त आवश्यक देखिन्छन्। भाषाको उत्पत्तिको बारेमा जान्न कुनै एक सिद्धान्तलाई आधार मान्न सकिँदैन। तर ती मध्ये अनुकरण सिद्धान्त, मनोभावाभिव्यक्ति सिद्धान्त, क्रियात्मक सिद्धान्त, इंगित सिद्धान्त तथा सम्पर्क सिद्धान्तलाई तार्किक र प्रभावकारी मानिन्छन्।


Author

थप समाचार
x