विचार

१३

लिलाराज खतिवडा |
जेठ १९, २०७९ बिहीबार १३:५८ बजे

ऊ अनेक तरहले ‘एक्स्प्लोइट’ भइरह्यो । बाल्यकालमै ‘रेप्ड’, ‘सोडोमाइज्ड’ । अनि पचास पुग्नैलाग्दा ‘सिड्युस्ड’ । अझ स्पष्टरुपमा भन्नुपर्दा, ‘मल्टिपल सिडक्सन बाई सम लेडी स्पाइज अफ ए डिमोलिस्ड पावर’ । 

ऊ भोकभोकै पर्यो, कुपोषणग्रस्त भयो । बढी खाएर मोटायो । अनि फेरि कुपोषणग्रस्त । ऊ कुटियो । लघारियो । उसका घाऊमा नूनचूक गरियो । घाऊहरू ठीकसँग निको हुन दिइएन । उसका घाऊहरूमा स्याउँस्याउँ किरा पारियो । विनाकारण वा कुनै कारण ऊ गिरफ्तार भयो । थुनियो । रिहा भयो । 


कहिले उसको ‘ब्रेनवाश’ त कहिले ‘भेजाफ्राइ’ भयो । उसलाई टुक्राटुक्रा पारियो । उसलाई धुजाधुजा तुल्याइयो । ऊ दन्किँदो आगाको लप्कामा मिल्काइयो । फलस्वरुप ऊ जलेर खाक् हुन गयो । तथापि ऊ मरेन । अनेक कुत्सित चालका बावजुद कसैले उसलाई मार्न सकेन । यी सब घटनालाई ऊ आफूले पढेका पुस्तक र विद्यालय ठान्छ । अरुले दिएका चोट, यातना र ‘एक्स्प्लोइटेसन’का ठेलीहरूलाई ऊ ठान्छ – परम् ज्ञान !

‘आफैँसँग पनि केही सिक्यौ कि ?’ मैले उसलाई सोधिपठाएँ ।

बसिरहेको ठाउँबाट ऊ जुरुक्कै उठ्यो । अनि वृक्षझैं ठिंग उभिएर भन्यो, ‘मानिस एक यान्त्रिक प्राणी हो । ऊ खोक्रो छ । ऊ स्वयम्सँग केही ज्ञान छैन । यहाँ सबथोक अरुबाटै सिकिन्छ । जन्मदेखि मृत्युसम्म मान्छे यहाँ केवल अरुको देखासिखी गर्दछ ।’

भूमिका
हो, १२ पछि १३ नै आउँछ । जस्तो कि १ पछि क्रमश: २, ३, ४, ५ हुँदै ९, १०, ११ र १२ आएका थिए । जसरी आए, केही भिन्न तवरले उनीहरू गए पनि । तर यसपालीको बात अलिक भिन्नै । प्रसंग बिल्कुलै ‘अंक १३’को हो र अब यो कहिल्यै नजाने गरी आउने छ । ‘अंक १३’ यस्तो घाम हो, जो कहिल्यै नअस्ताउने गरी उदाउने छ । बस्, यो नै ‘अंक १३’ को खासियत हो ।

कुन सन्दर्भमा यो लेखक आज यसरी अंकविज्ञान अर्थात् ‘न्युमेरोलोजी’ खेलाइरहेको छ ? पश्चिममा अपशकुन मानिने ‘अंक १३’को रहस्यमय प्रसंग रोचक लागिरहेको भए आउनुहोस् अब विषयवस्तुलाई अलिक गहिरिएर केलाउने प्रयास गरौं ।
रोचक नलागे, जय नेपाल !

पृष्ठभूमि
मने, यहाँ केही दशकदेखि सारा खेलहरू ‘अंक १३’लाई मध्येनजर राखेर खेल्दै आइरहेको छ । ऊ बाघको त्यस्तो एउटा डमरु हो, जसलाई कुनै खास कारणले गर्दा जन्मिनासाथ मन्छिन परेको थियो । मतलब, ऊ त्रिशुल डामेर छाडा छाडिएको एउटा साँढे गोरु जस्तो पनि हो, एक हिसाबले । जसको र जुनसुकै हराभरा खेत पनि ऊ पलभरमा नै चेट बनाइदिन सक्छ । ऊ उडिरहेका जस्तासुकै र जो कोहीका चंगा पनि निमेषभरमा नै चेट गरिदिन सक्छ । बुझ्नुभएन ? चंगाचेट !

जतिबेला ऊ नाबालक थियो, याने, डेढ वर्षको, त्यतिबेलै उसलाई गमलाबाट उखेलेर जंगलमा रोपियो । अनि ऊ जंगलमा अनेक ताडनाका बावजुद हुर्किँदै गयो : आँधीहुरी, चट्याङ, खडेरी सबै सहेर । जंगलमा सबैले उसलाई ‘अंक १३’ भनेरै बोलाउँथे । तर उसलाई यसको हेक्का कहिल्यै भएन । ऊ आफ्नो नाम कुनै अंकमा होइन, अक्षरमै चाहन्थ्यो । तर यस्तो हुन सकेन । विधाताले उसको निधारमा फलामको छिनोहथौडीले उहिल्यै टिकटिक टिकटिक गरेर खोपिसकेको थियो, ‘अंक १३’ । अनि ऊ जहिल्यै बेखबर रह्यो कि उसको निधारमा कुनै अंक खोपिएको छ । नत्र ऊ त्यसलाई उहिल्यै मेटाइसक्ने थियो । किनभने, उसलाई मन पर्दैन ‘अंक १३’ ।

त्यसो त प्रत्येक मानिसको नामका पछाडि एउटा निश्चित अंक हुने गर्दछ । अथवा कुनै निश्चित अंकले प्रत्येक मानिसलाई हरहमेशा पिछा गरिरहेको हुन्छ । उसको याने ‘अंक १३’का सन्दर्भमा भने कुरा नितान्त भिन्नै । यहाँ ‘अंक १३’लाई चाहिँ एउटा निश्चित नामले पिछा गरिरहेको । अंग्रेजीमा उसको नाउँ सुरु हुने : ‘एम’बाट । अनि देवनागरीमा चाहिँ ‘ड’बाट ।

जस्तो कि उसको नाम, अंग्रेजीमा : ‘मेल्टोक्स’ । अनि देवनागरीमा चाहिँ ‘डाक्कन’ । तर यहाँ उसलाई ‘अंक १३’ नामले नै सम्बोधन गरिनेछ ।

अँ, हामी कुरा गरिरहेका थियौं, कि हाम्रो प्रमुख पात्रलाई ‘अंक १३’ मन पर्दैन । खासमा ऊ ‘अंक १३’ हो । र उसलाई यो अंक मन पर्दैन । 

कस्तो अचम्म !

नसोध्नुहोस् किन भनेर । कारण थाहा हुन सक्छ । कारण थाहा नहुन पनि सक्छ ।

अनौठो ? 

हजुर, किस्सा छ पनि यस्तैयस्तै !

विगत
माथि ‘हाइलाइट्स’मै पढिहाल्नु भयो कि ‘अंक १३’ यहाँ फरक तरिकाले पालियो । अझ यसरी स्पष्ट गरौं, उसलाई जन्मायो कसैले । अनि पाल्यो अर्कैले । शिक्षादिक्षा दियो अर्कैले । मानिलिऊँ, उसलाई मुस्लिमले जन्मायो भने, पाल्यो हिन्दूले । शिक्षादिक्षा दियो, क्रिश्चियनले । उसलाई ध्यान सिकायो, बुद्धले । उपवास सिकायो, महावीरले । तरवार चलाउन उसले शिखहरूसँग सिक्यो । यहुदीहरूसँग उसले बदला लिने तरिका सिक्यो । 

त्यसअघि ‘अंक १३’ अनेक तरहले ‘एक्स्प्लोइट’ भइरह्यो । बाल्यकालमै ‘रेप्ड’, ‘सोडोमाइज्ड’ । अनि चालिस कटेपछि ‘सिड्युस्ड’ । अझ स्पष्टरुपमा भन्नु पर्दा, ‘मल्टिपल सिडक्सन बाई लेडी स्पाइज अफ ए डिमोलिस्ड पावर’ । 

ऊ कुटियो । लघारियो । उसका घाऊमा नुनचुक गरियो । घाऊहरू ठीकसँग निको हुन दिइएन । घाऊहरूमा स्याउँस्याउँ किरा पारियो । ऊ भोकभोकै पर्यो, कुपोषणग्रस्त भयो । बढी खाएर मोटायो । अनि फेरि कुपोषणग्रस्त । विनाकारण वा कुनै कारण ऊ गिरफ्तार भयो । थुनियो । रिहा भयो । यसप्रकार अनेक तरहले ‘अंक १३’ पेलाइमा पर्यो । कहिले उसको ‘ब्रेनवास’ त कहिले ‘भेजाफ्राई’ भयो । ऊ टुक्राटुक्रा भयो । उसलाई धुजाधुजा तुल्याइयो । ऊ दन्किँदो आगाको लप्कामा मिल्काइयो । 

फलस्वरुप, ‘अंक १३’ जलेर खाक् हुन गयो । तथापि यी सब घटनाहरूलाई ऊ आफूले पढेका पुस्तक र विद्यालय ठान्छ । अरुले दिएका चोट र यातना र ‘एक्स्प्लोइटेसन’हरूलाई ऊ ठान्छ – परम् ज्ञान !

‘आफैँसँग पनि केही सिक्यौ कि ?’ मैले उसलाई सोधिपठाएँ ।

बसिरहेको ठाउँबाट ऊ जुरुक्कै उठ्यो । अनि वृक्षझैं ठिंग उभिएर भन्यो, ‘मानिस एक यान्त्रिक प्राणी हो । ऊ खोक्रो छ । ऊ स्वयम्सँग केही ज्ञान छैन । यहाँ सबथोक अरुबाटै सिकिन्छ । जन्मदेखि मृत्युसम्म मान्छे यहाँ केवल अरुको देखासिखी गर्दछ ।’

(कतिपय कुरालाई दोहोर्याएर पढ्दा मात्रै स्पष्ट हुन्छ । जस्तो कि अहिले भर्खर तपाईंले माथिका केही अनुच्छेद दोहोर्याएर पढ्नु भयो । कस्तो लाग्यो ?)
 
शून्य समय
केही समयअघि जगत्बाट अचानक ‘अंक १३’ गायब भयो । अनि १२ पछि लगभग सिधै १४ गन्न थालियो । कतै यो फेला पर्यो । कतै फेला परेन ।

केही समयअघि जगत्बाट अचानक ‘अंक १३’ गायब भयो । अनि १२ पछि लगभग सिधै १४ गन्न थालियो । कतै यो फेला पर्यो । कतै फेला परेन ।

फेला परे के ? नपरे के ? जब यो एकपटक गायब नै भइसकेको थियो भने, जो फेला पर्यो, त्यो सक्कली ‘अंक १३’ नै हो भन्ने आधार के ? 

के केही अनुसन्धान हुनु जरुरी छैन र ?

त्यसो भए, गरौं त एक मिहिन अनुसन्धान ? 

संघटना मन्थन 
सन्दर्भ नेपाल अधिराज्यको हो । माथि उल्लेख गरिएको १ अर्थात् नेपाल एकीकरण गर्ने बडा महाराजधिराज पृथ्वी नारायण शाहलाई आशिर्वाद दिने महागुरु श्री श्री श्री १ हजार ८ गोरखनाथका अनुसार केही कठोर अनुशासन पालन गरेका खण्डमा शाहवंशले यहाँ १३ पुस्तासम्म शासन गर्न पाउने थियो । यस हिसाबमा जम्मा १२ जना शाहवंशका राजाहरूले क्रमश: शासन गरिसके । जस्तो, महेन्द्र ९वौं राजा थिए । वीरेन्द्र १०औं थिए भने कोमामा रहेका युवराज दीपेन्द्रलाई जबर्जस्ती केही घण्टाकै लागि भए पनि ११ औं राजा बनाइएको थियो । उनको पार्थीव शरीर गन्हाउन थालेपछि उनलाई मृत घोषणा गर्दै नेपाल अधिराज्यमा उदाएका थिए, १२ औं राजा ज्ञानेन्द्र ।

ज्ञानेन्द्रलाई प्रचण्ड इत्यादि गणतन्त्रवादी नेताहरूले गद्दीच्युत गरे । तर प्रचण्डको दलबलमा सामेल थिएन, यस लेखमा चर्चा गर्न खोजिएको अंक १३ । अनि अर्कातिर प्रचण्ड, ओली, देउवा वा सो सरहका नेताहरू स्वयम् थिएनन् अंक १३ ।

निश्चय नै ज्ञानेन्द्रपछि शाहवंशका अन्तिम राजा, अर्थात् १२ पछि १३ । तर खोई त ‘अंक १३’को उपस्थिति, यहाँ ? ९, १० र ११ लगायत अरुहरूको चित्रपट धूमिल भए तापनि यता बेलाबेला ‘अंक १२’ डुङ्डुङ्ती गन्हाइदिन्छ र वरपर बसिनसक्नु हुन्छ । 

केही पुराना लेखौटमा ‘आइग्लास’ लगाउँदा निकै भयंकर र रहस्यमय प्रमाण पनि भेटिन्छन् । जस्तो कि यो भनाइ– गोरखनाथले ‘अंक १’लाई बताएका थिए, १२ पुस्ताको खयाल राख्नू । १३ मा म स्वयम् नै आउने छु ।

आउलान् त ? वा आए कि ? कता छन् गुरु गोरखनाथ ? वा कता छ ‘अंक १३’ ? के उसको जेहनमा गोरखनाथ डुल्छन् त ? अपशकुन भनेर जंगलमा मिल्काइएको यो ‘अंक १३’ गुरु गोरखनाथकै अवतार हो भने हाल कहाँ छ ? के गर्दै छ ? के मैले उसलाई खोज्नु पर्ने हो ? 

हो भने, केका लागि ? किन ? कसरी ?

देश, काल र परिस्थिति
के हालका सारा अराजक तयारीहरू ‘अंक १३’ कै स्वागतार्थ तामेल भएका हुन् ? नत्र यति लामो राजनीतिक अन्यौल किन, नेपालमा ? किन झन् भन्दा झन् आपराधिक बन्दै गएको छ नेपाली समाज ? के ‘अंक १३’लाई यस्तै अधोगतिवाला समाज वा राज्य सुम्पिन लागिएको हो ? के उसले यी सब आततायीहरूलाई ठीक लगाउन सक्छ ? के ऊ अर्को परशुराम हो ? के उसको हातमा एउटा अति शक्तिशाली, हलुका र प्राय: अदृश्य रहने ‘फरसा’ छ त ?

पैदा हुनासाथ १३औं नर्कमा मिल्काइएको ‘अंक १३’ यदि एउटा मुन्छिएको बाघ हो भने, ऊ अवश्य आउनेछ । र, उसले यहाँ देखाउने ताण्डव हेर्नलायक नै हुनेछ । लेखकको अनुमान त यति भयानक छ कि ‘अंक १३’ ले यो विश्व नै कब्जा गर्ने छ । मने, विश्व एकीकरण गर्ने पहिलो बादशाह हुनेछ, ‘अंक १३’ । 

उसका अगाडि कसैको केही लाग्ने छैन । 

त्यसैले बेलैमा भनिहाल्छु, लो, सब तेरा । मेरा तो यहाँ है कुछ भी नहीं ! 

निष्कर्ष
न हिन्दू न क्रिस्चियन । न मुश्लिम न बुद्ध । न शिख न महावीर । न समाजवाद न साम्यवाद । यहुदी । केवल यहुदी । इतिहासमा जसले नराम्रो हार व्यहोरेको छ वर्तमान र भविष्य उसैको हो । ‘अंक १३’ यहुदी धर्म जस्तै बदलाको भावनाले प्रेरित छ र विगतमा उसले आफ्नो सभ्यतामाथि नराम्रो हार व्यहोरेको छ । 

हिटलरले ग्यास च्याम्बरमा पोलेर, अनेक यातना दिएर, अनेक प्रयोग गरेर, भोकभोकै सडाएर मारेका ती करोडौं यहुदीहरूको आत्माले पिरोलेर अब दुनियाँ फेरि एकपटक युद्धको धुँवाले पुरिनेछ । यहाँ जताततै लासहरू गन्हाउने छन् । तिनमा स्याउँस्याउँ किराहरू पर्नेछन् । लेखकको निष्कर्ष छ कि ‘अंक १३’ को उदयपश्चात यहाँ ती सडेका लासहरू तह लगाउन कुनै मानव बाँकी रहने छैन । 

थप महत्वपूर्ण वाक्य– ‘अंक १३’ एउटा यस्तो ‘कालो घाम’ हो जो जगत्मा पहिलोपटक उदाउने छ र कहिल्यै अस्ताउने छैन ।


Author

थप समाचार
x