खेलकुद

नयाँ कीर्तिमान नजिक नाडाल

इकागज |
माघ १४, २०७८ शुक्रबार १३:१० बजे

काठमाडौँ- राफाएल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनलमा माट्टियो बेरेटिनीलाई ६–३, ६–२, ३–६, ६–३ ले पराजित गरेपछि नाडालले वर्षको पहिलो ग्रान्डस्लामको उपाधि भिडन्तमा स्थान पक्का गरेका हुन् । 

मेलबर्नमा जारी अस्ट्रेलियन ओपनको फाइनलमा पुगेसँगै नाडालले नयाँ कीर्तिमान बनाउने सम्भावना बढेको छ । रोजर फेडेरर र नोभाक जोकोभिचसँगै २० ग्रान्डस्लाम जितिसकेका नाडाले आइतबार राति २१ औँ पटक ग्रान्डस्लाम जित्न सक्छन् । 


यसोभए यो विश्व टेनिसमा पुरुषतर्फको प्रतिस्पर्धामा नयाँ कीर्तिमान बन्नेछ । यो उपलब्धी प्राप्त गर्न नाडालले डानिल मेदभेदेब वा स्टेफानोस सिटसिपासको चुनौती पन्छाउनु पर्नेछ । मेदभेदेब र सिटसिपासयी अस्ट्रेलियन ओपनको दोस्रो सेमिफाइनल खेलमा आमनेसामने हुँदैछन् ।  
 


Author

थप समाचार
x