खेलकुद

इरान बन्याे एसियाबाट कतार विश्वकपपमा छनोट हुने पहिलो टिम

इकागज |
माघ १४, २०७८ शुक्रवार ७:३७ बजे

काठमाडौं- इरान एसियाली मुलुकबाट कतार विश्वकप-२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । बिहीवार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो । 

इरानको जितमा मेहदी तरेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितसंगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत  समूह ए मा ७ खेलबाट १९ अंक बनाउदै अपराजित इरान शीर्षस्थानमा छ । 


दोस्रो स्थानको साउदीको १७ अंक छ ।

एसिया छनोटको तेस्रो चरणमा दुई समूह बिभाजन गरिएको छ । दुबै समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा छनोट हुनेछन् । तेस्रो मध्यको एक टोलीले भने दक्षिण अमेरिकी टोलीसंगै खेल्दै विश्वकप खेल्ने बाटो तय गर्नेछ   । 


Author

थप समाचार
x