खो खो विश्वकपमा महिलातर्फ नेपाल भारतसँग पराजित

काठमाडौं - पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बनेको छ । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनल खेलमा नेपाल भारतसँग ७८–४० अंकले पराजित भएको हो । यसअघि शनिबार भएको सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ अंकले पराजित गरेको थियो । क्वाटरफाइनल खेलमा भने नेपालले इरानलाई १०३–८ अङकको हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ अंकले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ अंकले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० अंकले तथा चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ अंकले पराजित गरेको थियो ।
अहिले नेपालको पुरुष टोलीले उपाधिका लागि आयोजक भारतसँग प्रतिस्पर्धा गर्दै छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया