खेलकुद

एएफसी यू-२० महिला एसियन कप छनोट

नेपाल तीनवटै खेलमा पराजित

इकागज |
जेठ २७, २०८० शनिवार १७:१८ बजे

काठमाडौँ- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले तीनवटै खेलमा पराजित भएको छ । म्यान्मारमा शनिबार भएको  तेस्रो तथा अन्तिम खेलमा नेपालले चाईनिज ताइपेइसँग ५-० को पराजय भोगेको हो ।

चाईनिज ताइपेइका लागि हि जिया शिउअनले २ तथा लिउ यू चीओ, लाई यू ची र शिन यी चिङले एक-एक गोल गरे । समूह 'बी' मा रहेको नेपालले पहिलो खेलमा म्यानमारसँग ५-० र दोस्रो खेलमा चीनसँग ५-० को हार बेहोरेको थियो ।



Author

थप समाचार
x