खेलकुद

काभा भलिबल: आज काजकिस्तानसँग सेमिफाइनल खेल्दै नेपाल

इकागज |
जेठ १२, २०८० शुक्रबार ७:३ बजे

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकस्तानसँग सेमिफाइनल खेल खेल्नेछ । 

समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकस्तानसँग खेल्न लागेको हो । काजकस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।


बुधबारकाे खेलमा नेपालले पहिलो सेटमा १२–२५, दोस्रो सेटमा २४–२६, तेस्रो  सेट २५–२० र चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै भारतसँग पराजित भएर समूह उपविजेता बनेको हो भने समूह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

समूह एको उपबिजेता नेपाल र समूह बी को विजेता काजकिस्तानबीचको खेल आज हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । 


Author

थप समाचार
x