खेलकुद

रुस र बेलारुसका खेलाडीले विम्बल्डन खेल्न पाउने

इकागज |
चैत १८, २०७९ शनिवार ११:२९ बजे

काठमाडौँ- इंग्ल्यान्डको विम्बल्डन टेनिस च्याम्पियनसीपले रुस र बेलारुसका खेलाडीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । गत वर्ष रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि विम्बल्डनले रुस र बेलारुसका खेलाडीलाई प्रतियोगितामा सहभागिता जनाउन प्रतिबन्ध लगाएको थियो ।

तर उनीहरुलाई यस वर्ष ‘न्यूट्रल’ खेलाडीको रुपमा खेल्न दिने विम्बल्डनले जनाएको अलजजिराले उल्लेख गरेको छ ।


रुसले युक्रेनमाथि गरेको आक्रमण समर्थन नगर्ने तथा आफ्नो देशबाट आर्थिक सहयोग नलिने सहमति जना रुस र बेलारुका खेलाडीले जुलाईमा हुने प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

विम्बल्डन संचालन गर्ने अल इंग्ल्यान्ड लन टेनिस क्लबले उक्त देशका खेलाडीहरुले उक्त देशबाट संचालिन कम्पनीबाट कुनै स्पोनर लिन नपाउने समेत जनाएको छ ।

बेलायतमा हुने अन्य टेनिस प्रतियोगिताका लागि समेत सोही नियम लागू हुनेछ । गत वर्ष विम्बल्डनले रुस र बेलारुसका खेलाडीमाथि प्रतिबन्ध लगाएको थियो ।


Author

थप समाचार
x