खेलकुद

रुस र बेलारुसका खेलाडीलाई ओलम्पिकमा खेल्न नदिन पाँच देशको आग्रह

इकागज |
माघ २५, २०७९ बुधबार ९:२० बजे

काठमाडौँ- विभिन्न पाँच देशका ओलम्पिक कमिटीले फ्रान्समा सन् २०२४ मा हुने ओलम्पिक गेम्समा रुस र बेलारुसका खेलाडीहरूलाई सहभागी नगराउन आग्रह गरेको छ ।

फिनल्यान्ड, आइल्यान्ड, नर्वे, स्विडेन र डेनमार्कका ओलम्पिक कमिटीले ओलम्पिकमा रुस र बेलारुसका खेलाडीलाई सहभागिता नगराउन इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) सँग आग्रह गरेको बीबीसीले जनाएको छ ।


आईओसीले भने रुस र बेलारुसका खेलाडीहरुलाई ‘तटस्थ’ खेलाडीको रुपमा खेल्न दिने उपाय खोजिरहेको जनाइसकेको छ । युक्रेनले भने रुस र बेलारुसका खेलाडीले ओलम्पिकमा खेले आफूहरूले ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएको छ ।

गत हप्ता नै लाटभिया, लिथुनिया, इस्टोनिया र पोल्यान्डले रुस र बेलारुसका खेलाडीलाई ओलम्पिकमा खेलाउन नहुने धारणा राखेका थिए ।


Author

थप समाचार
x