खेलकुद

करिब ४० देशले ओलम्पिक बहिस्कार गर्न सक्छन् : पोल्यान्डका खेलकुद मन्त्री

इकागज |
माघ २०, २०७९ शुक्रवार ८:५८ बजे

काठमाडौँ- पोल्यान्डका खेलकुद तथा पर्यटन मन्त्रीले सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ओलम्पिक गेम्स बहिस्कार गर्न सक्ने चेतावनी दिएका छन् ।

इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) ले रुस र बेलारुसका खेलाडीलाई सहभागिता गराउने विभिन्न उपायहरू खोज्दै गरेको बताएपछि पोल्यान्डका खेलकुद तथा पर्यटन मन्त्री कमिल बोर्टनिक्जुकले करिब ४० देशले ओलम्पिक बहिस्कार गर्न सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।


रुस र बेलारुसका खेलाडीलाई सहभागी गराउने आईओसीको योजनालाई पोल्यान्ड, लिथुनिया, इस्टोनिया र लाटभियाले संयुक्त रुपमा अस्वीकार गरेपछि बोर्टनिक्जुकको यस्तो भनाइ सार्वजनिक भएको हो ।

रुस र बेलारुसका खेलाडीलाई सहभागी गराए पेरिस ओलम्पिक बहिस्कार गर्ने युक्रेनले यसअघि नै चेतावनी दिइसकेको छ । तर आईओसीले भने रुस र बेलारुसलाई खेल्न रोके केवल खेलाडीहरुलाई सजाय दिएझै हुने जनाएको छ ।

बोर्टनिक्जुकले बेलायत, अमेरिका र क्यानाडासम्मिलित ४० देश मिलेर आईओसीलाई सो निर्णय लिनबाट रोक्न संयक्तरुपमा अघि बढ्नुपर्ने बताए ।


Author

थप समाचार
x