खेलकुद

ब्राजिलका दुई खेलाडीले दक्षिण कोरियाविरुद्धको खेल गुमाउने पक्का

इकागज |
मंसिर १८, २०७९ आइतवार ७:३३ बजे

फाइल तस्बिर

काठमाडौं - कतारमा जारी फिफा विश्वकपको प्रिक्वाटरफाइनल खेलअघि ब्राजिलका दुई खेलाडीलाई चोट लागेको छ । स्ट्राइकर गाब्रियल जेसुस र एलेक्स टेलले नकआउट चरणमा दक्षिण कोरियाविरुद्ध खेल गुमाउने पक्का भएको हो । 

शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित हुँदा दुवै खेलाडीको दाहिने खुट्टाको घुँडामा चोट लागेको हो । दुवै खेलाडीको शनिबार बिहान एमआरआइ गरिएको थियो । 


ब्राजिल फुटबल एसोसिएसनले दुबै खेलाडी अर्को खेलमा उपलब्ध हुने सम्भावना नरहेको बताएको छ । ब्राजिलले सोमबार कोरियासँग खेल्नेछ । 

यसअघि ब्राजिलका प्रभावशाली स्ट्राइकर नेयमारलाई पनि चोट लागेको थियो । उनले समूह चरणका दुई खेल गुमाएका थिए । यसैगरी राइट ब्याक डानिलो र एलेक्स सान्द्रो समेत घाइते छन् । 
 


Author

थप समाचार
x