खेलकुद

रंगशालामा कन्सर्टः खेलाडीलाई राष्ट्रिय खेलकुदको तयारी गर्न बाधा

इकागज |
असोज १३, २०७९ बिहीबार १२:३२ बजे

काठमाडौँ - असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेश, नेपाल पुलिस क्लब तथा नेपाल एपीएफ क्लबका खेलाडीहरूले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तयारी गरिरहेका छन् ।

तर प्रतियोगिता मुखैमा आइसक्दा उनीहरूको तयारी विगत तीन दिनदेखि प्रभावित बनेको छ । खासगरी एथलेटिक्सका खेलाडीको तयारी प्रभावित बनेको हो । 


आउँदो शनिबार दशरथ रंगशालामा हुने दशैँको रमझम नामक कन्सर्टको तयारी चलिरहँदा खेलाडीको तयारीमा नकारात्मक प्रभाव परेको हो । 

'विगत तीन दिनदेखि कन्सर्टको तयारी चलिरहेको छ । जसका कारण समय अनुसार गर्नुपर्ने तयारी गर्न पाएको छैन । यसले गर्दा अभ्यास नराम्ररी प्रभावित बनेको छ । ट्रयाक एन्ड फिल्डका खेलाडीहरूले अभ्यास गर्न पाएका छैनन्,' बागमती प्रदेशकी एक एथलेटिक्स खेलाडीले इकागजलाई बताइन् ।

उनले यसका लागि सम्बन्धित निकायले ध्यान नदिएको गुनासो गरिन् । एथलेटिक्सका एक प्रशिक्षकले पनि नाम उल्लेख नगर्ने शर्तमा कन्सर्टको तयारीले गर्दा खेलाडीको अभ्यासमा नकारात्मक प्रभाव परेको बताए ।


Author

थप समाचार
x