खेलकुद

साबा च्याम्पियनसीपः माल्दिभ्सविरुद्ध नेपाल पराजित

इकागज |
असोज १०, २०७९ सोमवार ९:४९ बजे

काठमाडौँ- माल्दिभ्समा आइतबारबाट सुरु भएको साबा महिला बास्केटबल च्याम्पियनसीपमा नेपाली महिला टिमले पराजय भोगेको छ । मालेस्थित सोसल सेन्टरमा आइतबार राति भएको खेलमा आयोजक माल्दिभ्सले नेपाललाई ५१-४७ ले पराजित गर्‍यो ।

पहिलो क्वार्टरमा माल्दिभ्सले १६-१४ को अग्रता लिएको थियो भने दोस्रो क्वार्टरमा १०-९ को अग्रता लिएको छ । तेस्रो क्वार्टरमा नेपाल १२-९ ले अघि बढेपनि चौथों तथा अन्तिम क्वार्टरमा माल्दिभ्स १६-११ ले जित्दै समग्रमा ५१-४७ ले खेल जित्यो ।


च्याम्पियनसीपमा चार टिमको सहभागिता रहेको छ । नेपालले दोस्रो खेल मंगलबार राति श्रीलंका तथा अन्तिम खेल भुटानविरुद्ध बुधबार खेल्नेछ ।


Author

थप समाचार
x