खेलकुद

टेनिसका ‘बिग थ्री’ मध्येका एक जोकोभिचले अहिले सन्न्यास नलिने

इकागज |
असोज ९, २०७९ आइतबार १२:२४ बजे

काठमाडौँ- रोजर फेडेररको सन्न्यासपछि टेनिसका ‘बिग थ्री’ मध्येका बाँकी दुई खेलाडीको समेत सन्न्यासको चर्चा सुरु भएको छ । तर सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले आफूले अहिल्यै सन्न्यास नलिने बताए ।

जोकोभिचले आफू अहिल्यै सन्न्यास लिने उमेरमा नपुगेको बताएको रोयटर्सले जनाएको छ । स्विजरल्यान्डका फेडेररले ४१ वर्षको उमेरमा चोटका कारण सन्न्यास लिदाँपनि उनले सन्न्यास लिदै हजारौ समर्थक तथा खेलाडीहरु दुखी भएका थिए ।


फेडेररको सन्न्याससँगै जोकोभिच तथा राफायल नाडालले अझै केही समय खेल्न सक्ने सम्भावना बढेको बताइन्छ । तर फेडेररसँगै जोकोभिच र नाडाल बाहिरिए, उनीहरुको स्थान कसले लिने भन्ने चिन्ता पनि सुरु भएको छ ।

तर २१ पटक ग्रान्ड स्लाम जितेका जोकोभिचले भने आफूले अहिले नै सन्न्यास लिने अवस्था नआएको बताए ।

‘बिग थ्री’ को उपमा पाएका फेडेरर, जोकोभिच र नाडालले संयुक्त रुपमा ६३ वटा एकल ग्रान्ड स्लाम जितेका छन् । जसमध्ये नाडालले नै २२ वटा ग्रान्ड स्लाम जितेका छन् । नाडालले पनि आफूले अहिले सन्न्यास नलिने बताइसकेका छन् ।


Author

थप समाचार
x