खेलकुद

विश्वकै सर्वाधिक उचाईको मुस्ताङ गल्फ कोर्षमा प्रतियोगिता हुँदै

इकागज |
साउन २३, २०७९ सोमवार १६:३० बजे

तस्बीर सौजन्यः ईन्द्र धारा विष्ट

काठमाडौँ- विश्वकै सर्वाधिक उचाईमा निर्माण भएको गल्फ कोर्षमा अगस्ट २७ मा गल्फ प्रतियगिता हुने भएको छ । गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको लोमान्थाङमा विश्वकै सर्वाधिक उचाईको मुस्ताङ गल्फ कोर्ष निर्माण गरिएको र उक्त कोर्षमा 'टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज' आयोजना नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनका महासचिव दिपक आचार्यले जानकारी गराए । 

मुस्ताङ गल्फ कोर्ष समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको रहेको र यो यस अघि सर्वाधिक ३ हजार ९ सय ७० मिटरको उचाईको सिक्किमको याक गल्फ कोर्ष भन्दा बढी उचाईमा रहेको आचार्यले बताए । 


गण्डकी प्रदेशका सांसद ईन्द्र धारा विष्टले संसद विकास कोषको १० लाख बजेट तथा लोमान्थाङ गाउँपालिकाको सहयोगमा गल्फ कोर्ष निर्माण गरिएको हो । 

विष्टले प्रकृतिको हिसाबले उक्त गल्फ कोर्ष उत्कृष्ट भएको तथा विश्वकै गल्फरहरु आएर खेल्ने अपेक्षा रहेको बताए । उनले उक्त गल्फ कोर्षले गल्फ तथा खेल पर्यटनका लागि पनि भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

गल्फ कोर्ष ९ होलको रहेको तथा प्रतियोगितामा ४ महिलासहित कुल २८ गल्फरले प्रतिस्पर्धा गर्ने छन् । स्टेबल फर्म्याट ३/४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने आचार्यले जनाए । 

यसैबीच नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले उक्त कोर्षको पूर्वाधार विकासका लागि गल्फ संघले सहयोग गर्नुका साथै विकासका लागि अन्य निकायसँग पहल गर्ने वाचा गरे । 

उक्त गल्फ कोर्षलाई विश्वकै सर्वाधिक उचाईमा रहेको भन्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ताका लागि पहल गरिने भएको छ । 


 


Author

थप समाचार
x