खेलकुद

जोकोभिच अन्तिम आठमा

इकागज |
असार २०, २०७९ सोमवार ११:१७ बजे

फाइल फोटो

काठमाडौँ – डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । जोकोभिचले नेदरल्यान्ड्सका टिम भान रिज्थोभेनलाई ३-१ को सेटमा पराजित गरे ।

६ पटकका च्याम्पियन जोकोभिचले वाइल्डकार्डमार्फत आएका रिज्थोभेनलाई ६-२, ४-६ , ६-१ र ६-२ को सेटमा पाखा लगाए । २० पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले अन्तिम आठमा अब इटालीका जानिक सिनरको सामना गर्नेछन् ।


सिनरले स्पेनका कार्लोस अल्काराजलाई ६-१ , ६-४ , ६-७ (८-१०) र ६-३ को सेटमा पराजित गरे ।


Author

थप समाचार
x