खेलकुद

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

इकागज |
असार १८, २०७९ शनिवार १९:११ बजे

फाइल तस्बिर

काठमाडौँ-  बंगलादेशको ढाकामा सम्पन्‍न साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।


शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो ।

यस्तै यु-१७ साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x