खेलकुद

जोकोभिचले युएस ओपन टेनिस पनि गुमाउन सक्ने

इकागज |
असार १३, २०७९ सोमबार ११:७ बजे

काठमाडौँ – कोभिड-१९ विरुद्धको खोप नलगाएका कारण अष्ट्रेलियन ओपन गुमाएका टेनिस खेलाडी नोभाक जोकोभिचले थप ग्रान्डस्लाम टेनिस गुमाउनु परे पनि खोप नलगाउने कुरा दोहर्‍याएका छन् ।

खोप नलाएकै कारण अष्ट्रेलियाबाट डिपोर्ट भएका सर्वियाका जोकोभिचले इंग्ल्यान्डको विम्बल्डन खेल्दैछन् तर उनले अमेरिकामा हुने युएस ओपन भने गुमाउने सम्भावना बढेको समाचारमा जनाइएको छ । युएस ओपन आयोजकले कोभिड-१९ विरुद्धको खोप नलगाएका खेलाडीलाई सहभागिता जनाउन नदिने संकेत गरेको छ ।


२० पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले गत महिना फ्रेन्च ओपन पनि खेलेका थिए र उनी क्वार्टरफाइनलमा राफायल नाडालसँग पराजित भएका थिए ।

तर आइतबार जोकोभिचले आफूले अझै खोप नलगाएको खुलासा गरे । तर खोप नलगाएका विदेशी नागरिक अमेरिका प्रवेशमा रोक लगाइएकोले उनले युएस ओपन खेल्न नपाउने सम्भावना रहेको छ ।


Author

थप समाचार
x