समाज

काठमाडाैँ उपत्यकामा हट्यो जोर-बिजोर प्रणाली

ट्याक्सी र निजी सवारीमा जाेर–बिजाेर कायमै

इकागज |
माघ १४, २०७८ शुक्रवार १९:३१ बजे

काठमाडाैँ : काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटेकाे छ । उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बसेको संयुक्त बैठकले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले संयुक्त बैठकले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको बताए । उनले भने, 'शुक्रबार राति १२ बजेदेखि नै यो आदेश लागु हुनेछ।'


उनका अनुसार निजी यातायातको हकमा भने याे आदेश लागू हुने छैन । त्यस्तै उनले ट्याक्सीमा पनि याे आदेश लागू नहुने बताए ।

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको बताइएकाे छ । शुक्रबार नै बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले पनि सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो। 

 

 

 


Author

थप समाचार
x