समाज

चोरी भएको राहदानीबाट यात्रा गरेमा कारबाही

इकागज |
माघ १४, २०७८ शुक्रबार १८:४९ बजे

फाइल तस्बिर

काठमाडौँ - राहदानी विभागले हराएको राहदानीबाट यात्रा गर्न नपाइने जनाएको छ । राहदानी हराएर, चोरी भएर वा नाँसिएर नयाँ राहदानी बनाउनेले पुरानो राहदानीबाट यात्रा गर्न नपाउने भएका हुन् ।

'पुरानो राहदानीबाट यात्रा गरेको पाइएमा कारबाहीसमेत हुन सक्छ,' विभागबाट जारी गरिएको सूचनामा लेखिएको छ ।



Author

थप समाचार
x