समाज

पर्वतको मालढुंगामा अस्थायी प्रहरी पोष्ट स्थापना

इकागज |
माघ १४, २०७८ शुक्रवार १४:७ बजे

पर्वत : कुश्मा नगरपालिका–१ मालढुङगामा अस्थायी प्रहरी पोष्ट स्थापना गरी बिहीबारबाट सेवा शुभारम्भ गरिएको छ । पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बिहीबार आयोजित कार्यक्रममा उक्त पोष्टको उदघाटन गरेका हुन् । 

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, कुश्मा नगरपालिका वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष बीरेन्द्र रिजाल, मालढुङगा टोल सुधार समितिका अध्यक्ष र जनप्रतिनिधिहरु, स्थानीयबासीहरुको उपस्थितिमा रहेको थियो । 


बढ्दो जनघनत्वसँगै हुन सक्ने गैरकानूनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु रहेको तथा सो लोकमार्गमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुन सक्ने गिट्टी बालुवाको अवैध उत्खनन् नियन्त्रण गर्न उक्त अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
 


Author

थप समाचार
x