समाज

मुख्यमन्त्री राउतकाे घरमा ढुंगा हान्ने युवक पक्राउ

सुभाष कर्ण |
माघ ४, २०७८ मंगलबार २१:३६ बजे

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकाे वीरगञ्जस्थित घरमा ढुङ्गा प्रार गरी ताेडफाेड गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ का २६ वर्षीय युवक सुमन पटेल रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

मंगलवार दिउँसाे करिब ३ बजेकाे समयमा प्रदेसकाे नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम भएकाे विराेध गर्दै एक समुहले निकालेकाे माेटरसाइकल र्‍यालीकाे क्रममा मुख्यमन्त्री राउतकाे वीरगञ्ज महानगरपालिका १३ स्थित तेजारथ टाेलमा रहेकाे घरमा ढुंगा प्रहार गरेकाे आराेपमा पटेललाई पक्राउ गरिएकाे प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जनाएकाे छ ।


विरोधस्वरुप निस्केको मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गर्ने क्रममा पटेलले मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार गरेकाे र साेबाट घरकाे २ वटा सिसा फुटेकोमा निजलाई बिर्ताबाट खटिएको टोलीले तत्काल पक्राउ गरेकाे प्रवक्ता खनालले बताए । आराेपित पटेलविरूद्ध आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x