समाज

सशस्त्र प्रहरीद्वारा आर्म्स एन्ड एक्सप्लोसिभ डिटेक्सन डग तालिम सञ्चालन

इकागज |
मंसिर १९, २०७८ आइतवार २०:१८ बजे

काठमाडाैँ - सशस्त्र प्रहरी बलको पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखाले आइतबारदेखि आर्म्स एन्ड एक्सप्लोसिभ डिटेक्सन डग तालिम सञ्चालन गरेको छ ।कार्यालयमा आयोजित समारोहबीच प्रहरी उपरीक्षक (एसपी) नानीराम हुमागाईंले उक्त तालिमको उद्घाटन गरेका छन् ।

‘जटिल अनुसन्धानमा तालिम प्राप्त डगको सहयोगमा महत्त्वपुर्ण कार्यसम्पादन गर्न सफलता प्राप्त भएका छन्,’ उनले भने, ‘भविष्यमा हुनसक्ने विभिन्न अपराधजन्य क्रियाकलापको रोकथाम तथा उच्चस्तरीय सुरक्षाका लागि पनि यने तालिमले सहयोग गर्नेछ ।’


सो तालिमका प्रशिक्षार्थीहरूलाई डगको इतिहास, वेशिक ओविडेन्स, क्यानल व्यवस्थापन, हाउस मेरी, भेटेनरी, आर्म्स एन्ड एक्सप्लोसिभ डिटेक्सन, मानव अधिकारलगायत ग्राउन्ड सर्च, एरोप्लेन सर्च, बिल्डिङ सर्च, भेहिकल सर्च, आर्टिकल सर्च, ह्यूम्यान बडिसर्च आदि विषयमा प्रशिक्षण गरिने बताइएको छ । १२ हप्ता अवधिको उक्त तालिममा २९ जना बिल्लादार तथा जवान प्रशिक्षार्थीको सहभागिता छ ।


Author

थप समाचार
x