समाज

सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा तथा व्यवस्थापन तालिम सुरु

इकागज |
कात्तिक २९, २०७८ सोमवार २०:३८ बजे

काठमाडौँ - राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले सीमा सुरक्षा तथा व्यवस्थापन तालिम सुरु गरेको छ । सशस्त्रले काठमाडौंको मातातीर्थमा तालिम सुरु गरेको हो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजीपी) खड्गबहादुर राईले सोमबार सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गरेका हुन्  । सो अवसरमा राईले राज्यद्धारा संगठनलाई प्राप्त जिम्मेवारी पुरा गर्न सशस्त्र प्रहरीले  यस्ता तालिमहरू सञ्चालन गर्दै आइरहेको बताए ।



Author

थप समाचार
x