समाज

प्रधान सेनापति शर्माले भारतमा को-को भेटे ? (तस्बिरहरू)

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार १२:३८ बजे

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्माले भारत भ्रमणमा विभिन्‍न भारतीय उच्चपदाधिकारीहरूसँग भेट गरेका छन् । शर्माले बुधबार भारतीय रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका हुन् ।

त्यस्तै प्रधान सेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमणसमेत गरेका थिए । उनलाई उक्त अवसरमा कलेजको 'वाल अफ अनर' मा समावेश गरी सम्मानित गरिएको थियो । यसरी 'वाल अफ अनर' मा समावेश हुने सम्मान प्राप्त गर्ने उनी पहिलो व्यक्ति हुन् ।  यो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उक्त कलेजका पूर्वविद्यार्थी हरूलाई मात्र दिइने गरिन्छ । शर्माले सन् २०१३ मा उक्त कलेजबाट नेशनल डिफेन्स कोर्स गरेका थिए । 


 


Author

थप समाचार
x