समाज

कुवेत पुगेका झापाका दुई कामदारको मृत्यु

इकागज |
भदौ २४, २०७८ बिहिवार १९:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- कुवेतमा झापाका दुई कामदारको मृत्यु भएको छ । हल्दबीबारी-१ गोलधापका यमबहादुर कटुवाल र चकचकी गाउँपालिकाका-६ का सुकलाल राजवंशीको मृत्यु भएको हो । 

कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार अन्तरर्राष्‍ट्रिय विमानस्थलको टर्मिनल-२ को पायपलायन निर्माण गर्ने क्रममा बालुवा ढिस्को खसी मृत्यु भएको हो । रोल्पाका सर्वजीत महरा घाइते भएका छन् ।


वैदेशिक रोजगारमा वर्षेनी एक हजार नेपालीले ज्यान गुमाउने गरेका छन् । कामदारहरू सडक दूर्घटनामा, सुतेको ठाउँमा र कार्यस्थलमा  नै कामदारको मृत्यु हुने गरेको छ । 

मलेसियालगायत खाडी मुलुकमा वैदेशिक रोजागरका लागि नेपाली कामदार जाने गरेका छन् ।


Author

थप समाचार
x