समाज

नेपालका असरफसँग डिल गरेपछि २० लाख भारूमा सञ्जीवको हत्या

इकागज |
जेठ २६, २०८० शुक्रवार १०:३१ बजे

लखनउ- भारत लखनउको अदालतमा कुख्यात सञ्जीव जीवालाई गोली हानेर हत्या गर्ने विजय यादवको तार नेपालसँग जोडिएको छ ।

पुलिस हिरासतमा माफिया अतीक अहमद र अशरफको हत्याको मामिला शान्त नभएको जनाउँदै भारतीय मिडिया अमर उजालले सो गोली काण्डमा पक्राउ परेका विजय यादव नेपाल आएको र त्यही डिल गरेर फर्केपछि अदालतमा गोली हानेको जनाएको छ । 


सो मिडियाका अनुसार उनले नेपालमा ठूला माफियासँग सम्पर्कमा रहे, जुन कुरा यादवले भारतीय प्रहरीलाई बताएका छन् । 

नेपालका एक व्यक्तिले उनलाई जीवाको फोटो देखाएर मार्ने ठेक्का दिएको थियो, जुन ठेक्काका लागि भारतीय २० लाख रुपैयाँमा सम्झौता भएको थियो । जसका लागि सुरुमा पाँच हजार रुपैयाँ र रिभल्भर मात्र दिएर जीवालाई मार्न पठाए । 

जानकारीका अनुसार सञ्जीवलाई गोली हानेर हत्या गर्ने सुटर विजयले नेपालका माफिया र हालै मारिएका अतिक अहमदका साथी अशरफसँग सम्पर्क राखेको जनाइएको छ । जसका लागि सो घटना हुनुअघि विजय केही दिनअघि नेपाल गएका थिए, उनको नेपालमा अशरफ भन्ने ब्यक्तिसँग भेट भएको थियो ।

अशरफले उनलाई आफ्नो भाइ आतिफ लखनउ जेलमा रहेको जनाउँदै जीवाले उनलाई डिस्टर्ब गरिरहेको जनाउँदै मार्नु पर्ने निष्कर्षमा पुगेको असरफले भनेका थिए । लखनउ पुगेपछि अशरफको विजयलाई उनका एक गोठालोको घरमा आश्रय दिएर रेकी गराए । प्रहरीको सोधपुछमा विजयले यी कुरा बताएका हुन् । प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

मुख्तार अन्सारीको एकदमै नजिकका कुख्यात अपराधी सञ्जीव महेश्वरी उर्फ ​​जीवा (५०)को बुधबार दिउँसो लखनउको एससीएसटी अदालतमा हत्या गरिएको थियो । वकिलको लुगा लगाएका आक्रमणकारीले अदालतको कोठामै रिभल्भरले ६ राउण्ड फायर गर्दा उनको मृत्यु भएको थियो ।


Author

थप समाचार
x