समाज

नर्भिक अस्पतालमा फ्रि न्यूरो क्याम्प हुने

इकागज |
जेठ २५, २०८० बिहीबार १८:१५ बजे

काठमाडौँ– नर्भिक अस्पतालमा फ्रि न्यूरो क्याम्प हुने भएको छ । वरिष्ठ स्नायु रोग विशेषज्ञ डा.राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ । 

नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिबार (जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी (न्यूरो क्याम्प) सञ्चालन गर्ने भएको हो । 


नेपालीहरूमा पछिल्लो समय ‘ब्रेन ट्यूमर’को समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी ‘वर्ल्ड ट्यूमर डे’को अवसर पारी डा. झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । उनले सो क्रममा ब्रेन ट्यूमरका केसहरूमा फोकस रहेर बिरामीहरूको चेक जाँच गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । 

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व (सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरूको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ ।


Author

थप समाचार
x